ह्युस्टन (अमेरिका) । नेपाली समुदायबाट निर्माण हुन लागेको बहुउद्वेश्यीय हल सहितको पशुपतिनाथ मन्दिरको शिलान्यास भव्य रुपमा आइतबार यहाँ सम्पन्न भएको हो ।
ह्युस्टन मेट्रोप्लेक्सको रिचमण्डमा निर्माण हुन लागेको हल सहितको मन्दिरको शिलान्यास कार्यक्रममा २० लाख डलरको दान प्रतिवद्धता प्राप्त भएको छ । ह्युस्टन अमेरिकाको चौथो ठूलो शहर हो ।
आइतबारको विशेष कार्यक्रममा स्थानीय अमेरिकी समुदायका अगुवाहरु, सांसद लगायतले शूभकामना ज्ञापन गरेका थिए । उक्त अवसरमा हालसम्म मन्दिरलाई सहयोग गर्ने दुईसय ट्रष्टीहरुलाई सम्मान समेत गरिएको थियो ।
फन्डरेजिङ कमिटी प्रमुख डा बिन्णु नेपाल र लिन्डा अमात्यले गर्नु भएको कार्यक्रममा टेक्ससका सांसद सुलेमान ललनी, फोर्टबेण्ड काउन्टीका कमिसनर डेक्सटर म्याकोइ, सुगरल्याण्ड सिटीका मेयर क्यारल म्याकेन, काउन्टी न्यायधीश क्रिस्टिना बेकरा, सुरेन्द्र पटेल, विश्व हिन्दु परिषद अमेरिकाका अध्यक्ष अच्युल अमर, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, ग्यान्सका अध्यक्ष विदुर खतिवडा लगायतले शूभकामना व्यक्त गरेका थिए ।
मन्दिर कमिटीका अध्यक्ष दिनकर अमात्यको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठले स्वागत र दिनकर अमात्यले धन्यवाद मन्तब्य राखेका थिए।
प्रतिक्रिया