मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   

एनआरएनए अमेरिकामा एक तिहाइ सदस्य घटे

एनआरएनए अमेरिकामा एक तिहाइ सदस्य घटे

कार्यसमितिकै पदाधिकारीले सदस्यता लिएनन्


अमेरिका । विवादै विवादमा रहेको गैर आवासीय नेपाली संघमा अमेरिकामा सदस्य हुनेको संख्यामा ठुलो गिरावट आएको छ । सदस्यता नवीकरण गर्न तोकिएको समय शुक्रवारसम्म दुइ वर्ष अघि सदस्यता लिएका मध्य एक तिहाईले पनि नविकरण गरेनन् ।

एनआरएनए अमेरिकाले एमआईएस प्रणाली मार्फत सदस्यता नविकरण र नयाँ वन्न दिएको समय शुक्रवारसम्म जम्मा १ हजार ७ सय ४० जनाले मात्र आवेदन दिए । एमआईएस भनेको एनआरएनए अन्तर्राष्ट्रिय समितिले संसारभरिका सदस्यहरूलाइ एकै प्लाटफर्मबाट सदस्यता लिन मिल्ने गरि बनाएको सिस्टम हो ।

पहिलेनै आजीवन सदस्यता लिएका २ हजार ४ सइ १२ जना जोड्दा कुल सदस्य संख्या ४ हजार १ सय ६२ पुगेको छ । सन् २०२३/२०२५ मा निर्वाचनमा भोट हाल्न पाउन योग्य सदस्य १३ हजार ६९२ थिए । यस अघिको कार्यकालमा यो संख्या १७ हजार ६३४ थियो ।

अहिले एनआरएनएमा केन्द्र देखी राष्ट्रिय सम्वन्य परिषद (एनसीसी)सम्म विवादै विवाद छ । यो विवादको मुख्य कारण अमेरिका थियो । अमेरिकामा आईसीसीमा प्रतिनिधित्व कयौं पदाधिकारी भए पनि उनीहरुको कुनै प्रभाव देखिएन । विवादको केन्द्रमा रहेका कयौंलाई अमेरिका बस्ने नेपाली समुदायले लज्जास्पद अवस्थामा पुर्याईदिएका छन् ।

एनआरएनए अमेरिकाको नेतृत्वमा वस्ने पदाधिकारी पुरै असफल देखिए एनआरएनए अमेरिकालाई नजिकवाट हेर्दै आएका विजयराज भट्टराईले भने-‘यो सदश्य संख्या त लज्जाजनक हो ।‘ एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले पनि कार्यसमिति असफल भएको स्विकार गरे । उनले केही व्यक्तिहरू कार्यसमितिमा बस्ने संस्थाको विरोधमात्र गरिरहने परिपाटीले संस्थाप्रति थप वितृष्णा जगाएको समेत उल्लेख गरे ।

‘कार्यसमितिकै केही व्यक्तिहरूले सदस्यता नवीकरण गरेका छैनन्, यो भन्दा लाजमर्दो विषय के हुनसक्छ ?’ उप्रेतीले प्रश्न गरे । कार्यसमितिका ५८ जना मध्य ३५ जनाले मात्र नवीकरण गरेका छन् ।

अमेरिकामा करिव चार लाख नेपाली समुदायको स्थायी बसोवास रहेको अनुमान छ । २ लाख भन्दा बढीले अमेरिकाका नागरिकता लिएका छन् । नेपालीको सवैभन्दा वढी वस्ती रहेको टेक्ससमा २ सय १५ जनाले सदस्यता नविकरण वा नयाँ लिनका लागि आवेदन दिए । अर्को नेपाली समुदायको ठुलो बसोवास रहेको न्यूयोर्कमा १२१ ले मात्र आवेदन दिए । क्यालिर्फोनियामा यो संख्या जम्मा २२४ छ ।

‘दुई बर्ष यता एनआरएनए अमेरिकाको कार्यसमितिले समुदायका लागि यसरी काम गर्दै छौं भनेर १० वटा पनि सुचना दिएन अनि कसरी सदस्यता वढ्छ ?’ भट्टराईले भने । एनआरएनएले अमेरिकामा वस्ने नेपाली समुदायका लागि नागरिकताको निरन्तरता, नेपालमा सम्पत्तिको अधिकार, दोहोरो कर मुक्ती लगायतका थुप्रै उठाउनु पर्ने मुद्दा थिए भट्टराईले भने तर, यस्ता समुदायका चासोको विषयमा केही पनि गर्न सकेन कार्यसमिति समग्र असक्षम देखियो त्यसैले सदस्यता लिने कसैको चासो नै भएन ।

आईसीसी देखी एनसीसीसम्म असक्षम पदाधिकारीहरुका कारण एनआरएनए विवादै विवादमा घेरिएको छ । यस्तै असक्षम पदाधिकारीहरु अहिले फेसबुकमा हामी आधिकारिक भन्दै गनगन गरिरहेका छन् । तर, विदेशमा बस्ने आम नेपाली समुदायले भने उनीहरुको गनगनलाई तिरस्कार गरिदिएको भट्टराईले वताए ।

एनआरएनए आईसीसीका कुन कार्यसमिति आधिकारिक हो भन्ने विषय पनि अहिले अन्यौल छ । यसवारेमा अदालतमा मुद्दा विचाराधिन छ । सामाजिक संस्था विवाद लिएर अदालतमा जानु आफैमा हास्यास्पद हो । असक्षम पदाधिकारीका कारण यस्तो भएको हो ।

सदस्य संख्या एक तिहाई पनि नभएपछि एनआरएनए अमेरिकाले समय थप गरेको छ । अन्तर्राष्ट्रिय समितिलेनै शनिबार सूचना जारी गरेर अनिश्चितकालसम्म सदस्यता लिन सकिने गरि समय थप गरेको छ ।

एमआईएस प्रणालीबाट नभै अमेरिकाको छुट्टै प्रणाली हुनुपर्ने एकथरिको माग छ । त्यो समूहले अहिले एनआरएनए अमेरिकाको वेवसाइटबाट सदस्यता लिन सुरू गरेका छन् । तर अहिलेसम्म त्यसरी सदस्य हुनेको संख्या १० पनि पुगेको छैन ।

अर्को थरि चाँही एमआईएसबाट सदस्यता लिँदा केन्द्रीय अध्यक्ष बद्री केसीको हस्ताक्षर परिचयपत्रमा हुन नहुने हास्यास्पद ढिपीमा छन् । त्यो समूहलाइ जवाफ दिँदै केसीको भनाइ उधृत गर्दै अमेरिकाका एक पदाधिकारीले भने-‘अध्यक्षलाइ मान्दिन भन्नेहरू सदस्य नबने केही फरक पर्दैन ।

अहिले अध्यक्षलाइ स्वीकार गर्दिन भन्नेले भोली संस्था मान्दिन भन्छन् । यस्तालाइ संबोधन गरेर साध्य लाग्दैन । पाँचसय सदस्य भएपनि चुनाव हुन्छ ।‘

शेयर गर्नुहोस:

5.6k
Shares