अमेरिका । गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकाका संरक्षक तथा पुर्व उपाध्यक्ष सुमन थापाले आउने कार्यकालमा संस्थाको नेतृत्वका लागि तयारी गरेको बताएका छन् ।
‘एनआरएनए एनसीसी अमेरिकालाई यो अवस्थामा राख्न सकिदैंन, दरिलो संस्था बनाउनुपर्छ । यसका लागि मैले नेतृत्वका लागि अध्यक्षमा उम्मेदवार हुने तयारी गरेको छु’ थापाले हिमालयखवरसँग भने ।
टेक्ससमा कर्मथालो बनाएर व्यवसाय गर्दै आएका थापा वर्तमान कार्यकालका लागि पनि अध्यक्षका आकांक्षी थिए । ‘मैले त्यसवेला वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष लगायतसँग छलफल गरी सहमतीका लागि एक कार्यकाल पर्खिन तयार भएको थिएँ’ थापाले भने -‘त्यही भएर म आउने कार्यकालका लागि नेतृत्वमा फर्किन लागेको हुँ। त्यसखेर त्यही सहमती पनि भएको थियो ।
‘यसलाई अध्यक्ष उम्मदवारीको घोषणा भन्न सकिन्छ ? प्रश्नमा थापाले भने-म अझै पनि सबैसँग राय र सल्लाह लिईरहेको छु तर, म यसलाई अनौपचारिक घोषणा भन्दा पनि हुन्छ ।’
दुई बर्ष अघि थापालाई अध्यक्ष उम्मेदवार हुने हो भन्ने प्रश्न गर्दा भनेका थिए-कि जित्छु कि जिताउंछु भनेका थिए । ‘मैले त्यही गरें सुमनले भने म भने म एनआरएनए एनसीसी अमेरिका नेतृत्वमा फेरी फर्किन्छु ।’
एनआरएनए आईसीसी विभाजित छ । एनआरएनए अमेरिका विगत दुई बर्ष यता निष्कृय जस्तै छ । कार्यसमिति भित्रै एक मत छैन । सदश्यता कुन माध्यमवाट बनाउने भन्नेमै कार्यसमितिवाटै दुई थरी विज्ञप्ति आएका छन् । सदस्यता खुला गरिएपनि निकै कमले मात्र आवेदन दिएका छन् । यही स्थिति रहे एनआरएनए एनसीसी अमेरिकाको सदस्य संख्यामा निकै ठुलो गिरावट आउने देखिन्छ ।
‘हो म यो सवै अवस्था प्रति जानकार छु’ उनले भने एनआरएनए राम्रो संजाल भएको संस्था हो यसलाई यसरी विवादमा पारेर सकाउनु हुदैंन संस्थामा काम गरेको हुदां मलाई माया छ ।
अघिल्लो कार्यकालमा उपाध्यक्ष हुँदा एनआरएनए अमेरिका भित्र सकृय थिए । आईसीसी र एनसीसीको विवाद रहंदा एनआरएनए अमेरिका आईसीसीलाई अस्विकार गरेर अगाडी बढ्न पनि सक्छ भन्ने अभिव्यक्ति त्यसवेला चर्चित भएको थियो ।
एनआरएनए अमेरिका यहां दर्ता भई स्वतन्त्र अस्तित्व भएको संस्था हो , नेपाली समुदायका मुद्दा उठाउन हामी आईसीसीसंग जोडिएका हौ सुमनले भने आईसीसीसँग जोडिएकाले हामीले त्यहांको विवादलाई कम गरेर संस्थालाई मजबुत वनाउनु पर्ने थियो त्यो हुन सकेन । मलाई कता कता अमेरिका एनसीसीले विवाद मिलाउन नसक्दा खल्लो महसुस भएको छ ।
‘मैले दुई बर्ष अघि भनेको थिएँ हामीलाई आईसीसीको विवादमा नपार हामी अमेरिका बस्ने सवै नेपाली समुदायको संस्था वनाउन चाहान्छौं’ थापाले भने-आईसीसीको विवाद जे सुकै होस एनसीसी अमेरिका मजबुत सशक्त हुनुपर्छ यो मेरो मान्यता हो ।
वर्तमान कार्यसमिति छाडे पछि सुमन निष्कृय जस्तो देखिएको थिए । म निष्कृय जस्तै भएँ उनले भने तर एनआरएनएए अमेरिकाका अध्यक्षज्यूलाई मैले गर्ने केही काम छ भने जुनसकै बेला पनि भन्नुहोला भनेको थिएँ । अनि म अलिवढी आफ्नो व्यापार व्यवसायमा पनि व्यस्त रहें ।
थापा स्टोर होटल लगायतका व्यवसायमा संलग्न छन् । यो विचमा पनि नयाँ होटल र स्टोर थप गरेको उनले बताए । यहाँ आफ्नौ काम गर्नै पर्छ सुमनले भने मैले दुई वर्ष यता सवै समय व्यवसायमा दिएको थिए । त्यही भएर मेरो व्यवसाय अहिले संस्थागत भईसक्यो । मिल्दै आएको छ ।
नेपालको होटलमा पनि सुमनले केही लगानी गरेका छन् । मेरो उद्देश्य त व्यवसायमा अझै ठुलो हुने हो सुमनले भने म यसमा पनि लागिरहन्छु ।
प्रतिक्रिया