काठमाडौं- नागरिकता खोई अभियानले नेपालको इमिग्रेशनमा विदेश जान लागेका कयौंसर्वसाधारण नेपालीलाई हुने गरेको अत्याचार तत्काल समाधान गर्न प्रधानमन्त्रीसंग आग्रह गरेको छ ।
विदेश जान लागेका कयौं नेपालीलाई विभिन्न कुरामा अल्झाएर पैसा नदिई जहाज चढ्न नदिने जस्तो निर्किष्ट कार्य हुदैं आएको भन्दै नागरिकता खोई अभियानले यो रोक्न आग्रह गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सार्वजनिक रुपमा इमिग्रेशनले अमेरिकाको सियाटलवाट नेपाल आएका एक जना नेपालीको मुभी क्यामरा इमिग्रेशनले खायो भन्नु भएको छ । यो जोकको विषय होइन प्रधानमन्त्रीले तत्काल त्यहां हस्तक्षेप गरेर सुधार गरेको आम नेपाली नागरिकलाई जानकारी गराउनु पर्छ नागरिकता खोई अभियानका संयोजक वासुदेश घिमिरेले भने ।
नागरिकता खोई अभियानले विदेशमा नागरिकता लिएका वंशजका नेपालीको नागरिकता निरन्तरताका लागि अभियान चलाईरहेको छ । नेपालीलाई वाध्यतावश विदेशी वनाईएको भन्दै उक्त अभियानले राजनीतिक पार्टी नागरिक समाज लगायतलाई वंशजको नागरिकता निरन्तरता गर्दा नेपालले ठुलो आर्थिक लाभ लिन सक्ने वताउंदै आएको छ ।
नेपालीलाई विदेश जांदा कयौंसंग पैसा लिएको सार्वजनिक भईसकेको छ यो संवेदनशील विषय हो यसमा गृहमन्त्रीसमेत मुछिनु भएको छ विवादमा पर्नु भएको छ यसमा उहांले पनि राजिनामा दिएर समस्या समाधानमा सहयोग पुर्याउनु पर्छ ।
काम खोज्दै विदेश जांदा पनि सास्ती आउंदा पनि सास्ती यो सह्य छैन घिमिरेले भने विदेशमा वस्ने हामी नेपालीहरुको गुनासो मर्का सुनुवाई भईरहेको छैन हामीलाई आन्दोलित हुन वाध्य वनाइंदै गएको छ ।
विदेशमा बस्ने नेपालीका विषय अव सम्वोधन नगर्ने हो भने अहिले सत्तामा रहेका राजनीतिक पार्टी र तिनका नेतालार्य ठुलो नोक्सानी हुने घिमिरेले वताए ।
प्रतिक्रिया