मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

नेजाको १८औं स्थापना दिवस भर्जिनियामा सम्पन्न

नेजाको १८औं स्थापना दिवस भर्जिनियामा सम्पन्न

१८औं स्थापना दिवसमा १८ पुस्तक हस्तान्तरण

नेजाको १८औं स्थापना दिवस भर्जिनियामा सम्पन्न

शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो  १८औं स्थापना दिवस भर्जिनियामा एक विशेष समारोहकाबीच मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरेको मितिलाई आधार मानेर एप्रिल २१ लाई स्थापना दिवसको रुपमा मनाउन शुरु गरेको नेजाले यो पटक भने एप्रिल २०, आइतवार भर्जिनियामा नै एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेर १८ औं स्थापना दिवस मनाएको हो।

सन् २००७ गिरीश पोखरेलको अध्यक्षतामा गठन भएको नेजाले १८औं वर्ष पार गरिसकेको छ भने यस अवधिमा नागेन्द्र पौडेल, कृष्ण शर्मा (कार्यबाहक अध्यक्ष), आङछिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्य, सुदीप पन्त, विकासराज न्यौपाने र वर्तमान अध्यक्ष सुरज भण्डारी सहित नौ जना अध्यक्षहरुको नेतृत्व पाइसकेको छ।

भर्जिनियामा नै स्थापना भएको नेजाको १८ औं स्थापना दिवस भर्जिनियामा नै गर्ने अवसर जुट्नुमा स्स्थापक अध्यक्ष लगायत भर्जिनियामा रहनु भएका संस्थापक र आजीवन सदस्यहरुको विशेष सक्रियता रहेको थियो।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली दूतावासका प्रथम सचिव शरदराज आरनको प्रमुख आतिथ्यता रहेको थियो भने गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, पूर्वकार्यबाहक अध्यक्ष कृष्ण शर्मा र मानार्थ सदस्य योगेश उपाध्यायले प्रवासको पत्रकारितामा नेजाको भूमिका एवम् योगदानबारे चर्चा गरेका थिए।

एनआरएनए अमेरिकाको कार्यालयमा सम्पन्न नेजा स्थापना दिवस कार्यक्रममा नेजा र एनआरएनएबीच एक कार्यगत एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको थियो । नेजा एनआरएनए पत्रकारिता सम्मान र नेजा एनआरएनए बहस आयोजनालगायत कार्यक्रम संयुक्तरुपमा अघि बढाउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। समझदारी पत्रमा एनआरएनएका अध्यक्ष डा. अर्जुन बन्जाडे र नेजाका अध्यक्ष सुरज भण्डारीले हस्ताक्षर गरेका थिए। नेजा स्थापना दिवसको अवसर पारेर भएको उक्त समझदारीले आगामी दिनमा नेजा- एनआरएनए पत्रकारिता पुरस्कारको निरन्तरताका लागि सहयोग पुग्ने दुबै अध्यक्षहरुले विश्वास व्यक्त गरेका थिए।

यसैगरी १८औं स्थापना दिवसको अवसरमा नेजाले अमेरिकाको नर्थ क्यारोलाइनास्थित नेपाली समुदायद्वारा सञ्चालित आरम्भ पुस्तकालयलाई नेपाली पत्रकारहरुद्वारा लिखित १८ वटा पुस्तक सहयोगस्वरुप हस्तान्तण गरेको थियो ।

कार्यक्रममा नेजाका संस्थापक तथा सीटी अफ इन्डियाना हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज् इन अमेरिकाका अध्यक्ष डा. खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत सुमन तिमल्सिना, एनआरएनए अमेरिकाका महिला संयोजक सुनिता खत्री, एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्कीलगायतले नेजा स्थापना दिवसको शुभकामना दिएका थिए।

महासचिव बाबुलाई दाहालद्वारा संचालित कार्यक्रममा   उपाध्यक्ष सुजन पण्डितले अतिथिहरुलाई स्वागत गरेका थिए भने डिसी मेट्रो क्षेत्रका क्षेत्रीय संयोजक सिर्जना काफ्लेले उपस्थित सबै अतिथि एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

कार्यक्रममा एनआरएनए चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, एनआरएनए अमेरिका मिडिया कोर्डिनेटर सतीश चापागाईं, एर्टोनी निरन्जन अधिकारी, मधु पन्थी, पत्रकारहरु जितमान बस्नेत, अमृत अधिकारी, सम्झना नेपाल, लीलादेवी ओझा, लेखनाथ भण्डारी, विष्णु शितल, ज्योति देवकोटा, सुदीप सिवाकोटी, विश्वराज थापा, बाबु खरेल लगायतको उपस्थिति रहेको थियो ।

 

तस्बिरः नेजा

शेयर गर्नुहोस:

513
Shares