मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   

अमेरिकामा स्थायी वसोवास अनुमती नहुनेलाई घर किन्न एफएचए इन्स्योर्ड ऋण नदिईने

अमेरिकामा स्थायी वसोवास अनुमती नहुनेलाई घर किन्न एफएचए इन्स्योर्ड ऋण नदिईने


तस्बिर: सामाजिक संजाल

अमेरिका- अमेरिकामा स्थायी वसोवास अनुमती (ग्रिनकार्ड) नहुनेले सहुलियतमा घर किन्न एफएचए इन्स्योर्ड ऋण नपाउने भएका छन् । युएस डिपार्टमेण्ट अफ हाउजिगं एउट अर्वन डेभलपमेण्ट (एचयुडी)ले गत मंगलवार यो निर्णय गरेको हो ।

अमेरिकाका नागरिक र स्थायी वसोवास (ग्रिनकार्ड) भएकालाई घर किन्न सहज होस भन्ने उद्देश्यले ह्वाईट हाउस प्रशासनले यस्तो निर्णय गरेको वताईएको छ ।

यो निर्णयले वर्क परमिट मात्र भएकाले अमेरिकामा एफएचए इन्स्योर्ड ऋण पाउने छैनन् । एचवान बी मा अमेरिकामा वस्नेले पनि यस्तो ऋण सुविधा पाउने छैनन ।

एफएचए ऋणलाई सरकारी निकाय फेडरल हाउजिंग अर्थरिटीले बिमा गरेको हुन्छ । यसले गर्दा न्यून क्रेडिट स्कोर हुने र थोरै डाउन पेमेण्ट हाल्न सक्नेले पनि घर किन्ने सुविधा उपयोग गर्न सक्छन् । यसले गर्दा ५ प्रतिशत वा यो भन्दा कम डाउन पेमेण्ट गर्नेले पनि घर किन्न पाएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अप्रावासीलाई कडाईगर्ने नीति लिईरहेको वेला यस्तो निर्णय आएको हो ।

अमेरिकामा अहिले घर किन्न सामान्य आम्दानी हुनेलाई कठिन हुने गरी उच्च छ । व्याजदर पनि उच्च भएकाले सिमित आम्दानी हुनेको आर्थिक क्षमताले घर किन्न सक्दैनन् ।

उच्च मूल्यका कारण घरको किनवेच भने कम भएको छ । कयौं शहरमा मूल्य वढ्ने क्रम भने रोकिएको छ । उच्च ब्याजदरका कारण केही स्थानमा घरको मूल्य कम भएको पनि छ । तर, अझै यो सिमित आम्दानी हुने व्यक्तिको किन्न सक्ने क्षमता भन्दा पर छ ।

ब्याजदर नघटेका कारण घर किन्न चाहनेहरु अझै पर्ख र हेरको मनस्थितिमा छन् । अमेरिकामा अव घर किनवेचको सिजन भने शुरु भएको छ । अवका केही महिना कति घर विक्रीका लागि बजारमा आउंछन र किनवेच कति हुन्छ भन्नेले घरको मूल्य तह हुने छ ।

डोनाल्ड ट्रम्पको नयां भन्सार नीतिका कारण घर निमार्णमा लाग्ने समाग्रीको मूल्य वढेकाले नयां घरको मूल्य अझ वढ्न सक्ने विश्लेषणहरु पनि गरिएको छ । ट्रम्पले अमेरिकाका र मेक्सिकोवाट आउने समानमा २५ प्रतिशत भन्सार शूल्क लगाएका छन् । अमेरिकाले क्यानडावाट घर निमार्ण समाग्री किन्ने गर्छ । यही कारण महंगो हुने  आंकलन गरिएको हो ।