मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

ड्यालसमा नेपाल बाहिरको पहिलो प्रबज्या कार्यक्रम

ड्यालसमा नेपाल बाहिरको पहिलो प्रबज्या कार्यक्रम


टेक्सस (अमेरिका) । ड्यालसमा आयोजित पाँच दिने चुदाकर्म (प्रबज्या सम्बर) कार्यक्रम सोमबार टुंगिएको छ। बज्रयान बिधि अनुसार सम्पन्न भएको यस कार्यक्रम नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सस तथा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले सयुक्त रुपमा गुरु बज्राचार्य संघ संग मिलेर आयोजना गरेको हो। नेपाल बाहिर यस प्रकारको सामुहिक रुपमा भएको यो कार्यक्रम सम्भवत पहिलो भएको दावा आयोजकले गरेका छन् ।

नेपालमा परम्परागत रुपमा बज्राचार्य र शाक्य परिवारका केटा हरुलाई बुद्ध धर्मको ब्यबहारिक ज्ञान दिने प्रक्रिया लाई नै चूड़ाकर्म भनिन्छ। यसलाई सजिलो अर्थमा बौद्ध परम्परा अनुसारकोको ब्रतबन्ध भनेता पनि यसको महत्व र विशेषता थोरै फरक छ। चुडाकर्मको बिधि अन्तर्गत प्रबजित हुँदा बज्राचार्य र शाक्य परिवार का केटाहरु चार दिन भिक्षुहरुले जस्तै चिवर धारण गरि शिलमा बस्नु पर्दछ।

अमेरिकामा बसेका थुप्रै बज्राचार्य र शाक्य परिवारको अनुरोध र गुरु बज्राचार्य संघको तत्वावधानमा नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास ले यूलेस स्थित पशुपति नाथ तथा बुद्ध विहार मा यस कार्यक्रम को योजना गरेको हो।

कार्यक्रम को उद्घाटन गर्दै नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्ससका अध्यक्ष सैलेन्द्र मानन्धरले नेपाल बाहिर पहिलो पल्ट यसरी सामुहिक रुपमा प्रबज्याको कार्यक्रम भएको बताए ।

त्यस्तै ऐशोसिएसनका उपाध्यक्ष डा निरज बज्राचार्यले कार्यक्रमको लागि थुप्रै अनुरोध आएको हुँदा करिब छ महिना को मेहनत पश्चात यो कार्यक्रम को आयोजना गर्न सफल भएको उल्लेख गरेँ । वहाँले यस कार्यक्रम का सयोजक माधुरी बज्राचार्य लगाएत का साथी हरु को मेहनतकश संभव भएको उल्लेख गरेँ ।

कार्यक्रम मा सम्मिलित पाँच जना केटा हरुको प्रबज्या गुरु बज्राचार्य संघका पाँच गुरुहरु उत्तम बज्राचार्य (टेक्सस), समन्त बज्राचार्य (मासाचुसेट), सुनिल बज्राचार्य (मिनिसोटा), प्रज्वोल बज्राचार्य (क्यालिफोर्निया) र यज्ञ मान शाक्य (मेरिल्याण्ज) द्वारा सम्पन्न गरेको हो।

नागरिकता खोई अभियानले शनिवार मार्च १५ मा ड्यालसमा अन्तरक्रिया कार्यक्रम गर्ने I