अमेरिका समाचार

मौसमी प्रतिकुलताका बीच ड्यालसमा भव्य होली

मौसमी प्रतिकुलताका बीच ड्यालसमा भव्य होली


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । तिथिका रुपमा फागुपूर्णिमा आउन चार दिन बाँकी भएपनि अमेरिकामा भने आइतबार नेपाली समुदायले उल्लासपूर्ण रुपमा होलीपर्व मनाएका छन् ।


अमेरिकामा अधिकांश पर्वहरु सप्ताहन्तमा मिलाएर मनाउने परम्परा अनुसार फागुपूर्णिमा अर्थात होली आइतबार टेक्ससका बिभिन्न स्थानमा भव्य रुपमा मनाइएका छन् । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स सिटीको ग्रेपभाइनमा नेपाली समुदायले भव्य रुपमा होली मनाएका छन् ।

Advertisement


नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजनामा भएको होली कार्यक्रम मौसमको प्रतिकुलताका बीच पनि भव्य रुपमा सम्पन्न भएको छ । शनिबार भएको वर्षाले गर्दा तापक्रममा निकै गिरावट आएकोले समुदायका धेरै सदस्यहरु जाडोले गर्दा सहभागी हुन सकेनन् । तर अपरान्ह ३ बजेपछि मौसममा सुधार भएपछि सहभागिता उल्लेख्य रुपमा बढेको थियो ।


एक आपसमा अबिर र रंग दलेर मनाइने होली पर्व हरेक वर्ष ड्यालसमा विशेष रुपमा मनाउने गरिन्छ ।
अमेरिकाको चौथो ठूलो सहर ह्युस्टनमा पनि नेपाली समुदायले आइतबरा भव्य रुपमा होली मनाएका छन् । उता अस्टिनमा पनि नेपाली समुदायले होलीपर्व मनाएका थिए ।

 

शेयर गर्नुहोस:

1.8k
Shares