मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ह्युस्टनका नेपालीले मनाए फागु पर्व

ह्युस्टनका नेपालीले मनाए फागु पर्व

हिमालय खबर

शेयर गर्नुहोस:

513
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्च ९, ह्युस्टन, टेक्सस ।

देश बाहिर बस्ने नेपालीहरुले नेपालमा मानइने कुनै चाडवाड मनाउन छोड्दैनन्। ठ्याक्कै पर्वकै दिन नपरे पनि सप्ताहन्त मिलाएर सामुहिक चाडपर्व मनाउने परम्परा नै बसालेका छन्। देश भित्र भएकाहरुले कतिपय चाडपर्व हप्तौं मनाउने भएपनि प्रवासमा भने पर्वको अघिपछिको शनिवार-आइतवार पारेर मात्र प्राय नेपाली चाडपर्व मनाउने गरिन्छ। नेपालमा आगामी बिहीवार मात्र फागु पूर्णिमा पर्ने भएपनि अमेरिकाका धेरैजसो स्थानहरुमा आज आइतवार नै फागु पूर्णिमा-होली पर्व मनाएका छन्।

बृहत्तर ह्युस्टनमा बस्ने नेपालीहरुले पनि आज आइतवार नै फागु पर्व धुमधामले मनाएकाछन्। नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)को आयोजनामा टेक्ससको ह्युस्टनस्थित श्रीपशुपति मन्दिर एवं हिमालयन कल्चरल सेण्टर परिसरमा फागु पर्व हर्सोल्लासपूर्वक मनाइएको हो। सयौंको संख्यामा भेला भएका नेपालीहरुले आपसमा रंग लगाइदिंदै, शुभकामना साटासाट् गर्दै फागु पर्व (होली) मनाए।

चिसो मौसमले गत वर्ष भन्दा केही कम सहभागिता रहेको भएपनि ‘जहाँ भएपनि हामी नेपाली’ भन्दै रंगहरुको उत्सव—फागु पर्वमा सबै उमेर समुहका नेपालीहरुको उत्तिकै सक्रियता देखिन्थ्यो। युवा, वयस्क, केटाकेटी सहित हजुरबा/हजुरआमाहरुको समेत सक्रिय सहभागिता रहेको फागु पर्व नाचगान सहित मनाइएको थियो। फागु उत्सवमा सहभागीहरुले स्थानीय नेपाली रेष्टुँरा काठमाण्डु करीको स्टलबाट नेपालीहरुको रोजाइको मोमो लगायतका खानाको मज्जा समेत लिन पाएका थिए।

आजै फोर्टवेण्ड काउण्टीका आयुक्त डेक्स्टर एल. म्याक्कोयले नेपाली समुदायको सांस्कृतिक पर्व फागु (होली) लाई काउण्टीस्तरमा संस्थागत गर्न ‘मार्च नौ’लाई फागु पर्वको दिनका रुपमा सूचीकृत गर्ने घोषणा समेत गरेकाछन्। आयुक्त म्याक्कोयको प्रतिनिधिले एनएएचका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठलाई एक घोषणा-पत्र हस्तान्तरण गर्दै नेपालीहरुको सांस्कृतिक गतिविधिहरुको प्रशंसा गर्दै स्थानीयस्तरमा हुने गतिविधिहरुमा काउण्टीको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकाछन्।

फागुको उत्सवकाबीच कैयन नेपालीहरुले बृहत्तर ह्युस्टनमा बन्दै गरेको भव्य श्री पशुपतिनाथ मन्दिर तथा सामुदायिक भवन निर्माण अभियानमा सहयोगको घोषणा समेत गरेका थिए। आज मात्र करिब ७० हजार डलर सहयोग प्रतिबद्धता प्राप्त भएको एनएएचका सह-कोषाध्यक्ष हरि न्यौपानेले हिमालय खबरलाई बताएकाछन्। यसै वर्षको एप्रिल महिनामा श्री पशुपतिनाथ मन्दिर निर्माणको भूमिपूजन कार्यक्रम गरिने एनएएचका सल्लाहकार द्रोण गौतमले कार्यक्रम संचालनका दौरान बताएका थिए। सहयोग संकलन समितिका संयोजक विष्णु नेपालले यसै वर्षबाट निर्माण शुरु हुने श्री पशुपतिनाथ मन्दिर एवं सामुदायिक भवन बनाउने अभियानमा खुल्ला मनले सहभागी हुन आव्हान गरेका थिए।