अमेरिका समाचार

टेक्ससमा भव्य रूपमा ‘नेपाल डे’ परेड आयोजना हुँदै

टेक्ससमा भव्य रूपमा ‘नेपाल डे’ परेड आयोजना हुँदै


शेयर गर्नुहोस:

3.9k
Shares

  • change font
  • change font
  • change font

हट्टो, टेक्सस— नेपाली कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले यही फेब्रुअरी १६, २०२५ आइतबार टेक्सस राज्यको हट्टो सहरमा ‘नेपाल डे’ परेड भव्य रूपमा आयोजना हुने भएको छ । नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको सम्झनामा यो कार्यक्रम आयोजना गरिन लागिएको हो । ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा ग्रेटर अस्टिन नेपाली सोसाइटी, नेपलिज सोसाइटी टेक्सस, नेपलिज एसोसिएसन ह्युस्टन, स्यान एन्टोनियो नेपलिज एसोसिएसन, र नेपलिज सोसाइटी अफ लबकले संयुक्त रूपमा आयोजना गर्न लागेको यो कार्यक्रममा नेपाली समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष विदुर खतिवडाका अनुसार, परेडको उद्देश्य नेपाली संस्कृति, परम्परा, भेषभूषा तथा नेपाली पहिचानलाई अमेरिकी समुदायबीच उजागर गर्नु रहेको छ भने कार्यक्रममा परम्परागत नेपाली पोशाकमा सजिएर विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछ।

Advertisement

परेड हट्टो सहरको सिटी हल नजिक दिउँसो २:३० बजे सुरु भई ४:०० बजे समाप्त हुनेछ। परेडपछि ग्रेटर अस्टिन नेपाली सोसाइटीको आफ्नै हलमा विशेष सांस्कृतिक कार्यक्रम राखिएको आयोजकले हिमालय खबरलाई बताएका छन् ।

परेडमा सहभागी हुन तथा नेपाल र नेपालीको पहिचानलाई विश्वसामु फैलाउन सबै नेपाली समुदायलाई आफ्नो पारिवारिक उपस्थितिको लागि आयोजक संस्थाहरूले अनुरोध गरेका छन्।

शेयर गर्नुहोस:

3.9k
Shares