मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
विचार / ब्लग    

कथा …… अल्छी छट्टु स्यालहरु !

कथा …… अल्छी छट्टु स्यालहरु !


कथा ……

अल्छी छट्टु स्यालहरु !

एउटा जङ्गलमा एक हुल अल्छी छट्टु स्यालहरु थिए। उनिहरु अल्छी लाग्दा त्यही जङ्गलमा रहेको सिंहले सिकार गरी खाएर बाँकी रहेको सिनोले पेट भर्ने गर्दथे। त्यो अल्छीपन बिस्तारै उनिहरुको बानी पर्न गयो। र, सिकार गर्ने सीप नै बिर्सिन पुगे। उनिहरुका सन्तानहरुले पनि सिकार गर्ने सीप जान्ने कुरै भएन। यस्तो परिस्थितिमा उनिहरु, आफै मरेका वा सिंहले सिकार गरी खाएर बाँकी रहेका सिनो मै आश्रित भएर आफ्नो जीवन धान्न बाध्य थिए।

एक पटक ति अल्छी छट्टु स्यालहरुले लामो समयसम्म पेट भर्नका लागि आफै मरेका वा सिंहले खाएर छोडेका कुनै सिनो फेला पार्न सकेनन्। भोकमरीमा पर्न थाले। एक दिन जङ्गलको यत्रतत्र सिनोको खोजीमा भौतारिदै गर्दा उनिहरुले सुतिरहेको सिंहलाई देखे। सिंह सिकार गरेर टन्न खाइ घाम तापेर आरामले सुतिरहेको थियो। त्यो देखेर स्यालहरुले सिंहलाई जिस्क्याएर रिस उठाउने, त्यो रिसको झोकमा उसले सिकार गर्ने र उसले सिकार गरेर छोडेको सिनो खाएर आफूहरुको पेट भर्ने खुराफाती जुक्ती निकाले।

सबैको सल्लाह र सहमति अनुसार स्यालहरुले सिंहलाई चारैतिरबाट घेरेर सिंहको पुच्छर, टाउको, खुट्टा, जिउ आदिमा छुस्स छुस्स छुदै भाग्दै जिस्क्याउदन थाले। सिंह सिकार खाएर मस्त आराम गरिरहेकाले स्यालहरुको जिस्क्याइलाई खासै वास्त गरिरहेको थिएन। आक्कलझुक्कल उठेर स्यालहरुलाई आफ्नो सामन्य विशेषता भने प्रदर्शन गरिरहेको थियो। तर, स्यालहरुले सिंहलाई उसको शरीरको विभिन्न भागमा छुदै भाग्दै जिस्क्याउने कामलाई झनै तिब्रता दिदै गए। अचाक्ली नै भएपछि रिसले चूर भएर गर्जदै सिंह स्यालहरु माथि जाइलाग्यो। स्यालहरु बुर्कुसी मार्दै ज्यान जोगाउन कुलेलाम ठोके। रिसले चूर भएको सिंहले स्यालहरुलाई सिध्याउन दपेट्दै जादा बाटोमा हरिण भेट्यो। त्यसलाई झम्टिएर ठाँउको ठाँउ ठहरै पारिदियो। त्यसलाई छोडेर फेरी स्यालहरुलाई दपेट्दै जाँदा अर्ना भेट्यो। त्यसलाई पनि ठहरै पारिदियो। अगाडि बढ्दै जादा नील गाई भेट्यो। त्यसलाई पनि परमधाम पुर्याइदियो। यवम् रीतले स्यालहरुलाई लखेट्ने क्रममा सिंहले धेरै जनावरहरु मार्यो। तर, छट्टु स्यालहरुलाई भेटाउन नसकेकाले सबक सिकाउन पाएन।

यतिकैमा रात पर्यो। उसको रिस पनि शान्त भयो र आराम गर्न आफ्नो ओडारतिर लाग्यो। सिंहले मारेका जनावरहरु कुनै पनि खाएन। किनकी उ ट्न्न थियो। उसले पेट भर्नका लागि नभै स्यालहरुलाई रिस पोख्ने झोकमा ति जनावरहरु मारेको थियो। जब सिंह ओडारमा आराम गर्न थाल्यो, तब छट्टु स्यालहरु फेरी जुटेर सिंहले गरेको सिकारहरु मिलेर आनन्दले लुछ्न थाले। र, मुखबाट हुलुक्क आउनेसम्म सिनो खाए।

अन्तमा, लामो समयसम्म सिनो लुछ्न नपाएका अल्छी छट्टु स्यालहरु, सिंहलाई उपयोग गरेर सिंहले गरेको सिकारमा रजाइँ गर्न सफल भए।

शेयर गर्नुहोस:

459
Shares