मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

नेपालीले पठाउने रेमिट्यान्सले देशलाइ सहजता महसुस गराएको छ (भिडियो सहित)

नेपालीले पठाउने रेमिट्यान्सले देशलाइ सहजता महसुस गराएको छ (भिडियो सहित)


अमेरिका- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपालबाट युवालाई विदेश पठाउन सहज बनाउने तर उनीहरू फिर्ता आउँदा आफ्नो हालीमुहाली समाप्त हुन्छ कि भनेर डराउने प्रवृत्ति देखिएको बताएका छन्। अमेरिकाको टेक्सस ड्यालसमा शनिबार समुदायसँगको अन्तर्क्रियामा उनले यो धारणा व्यक्त गरेका हुन्।

हालै आएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी अध्यादेशले यही प्रवृत्ति झल्काएको उनले बताए। सरकारले ल्याएको अध्यादेशमा एनआरएन नागरिकता लिनेलाई १० वर्ष भिसा नचाहिने व्यवस्था गरिएको उल्लेख छ। अहिलेको यो व्यवस्थाप्रति विदेशमा बस्ने नेपालीहरूले आक्रोश व्यक्त गरेका छन्।

युवा पुस्तालाई श्रमका लागि विदेश पठाएर वा उनीहरूको काम निर्यात गर्दा आएको रेमिट्यान्सले हामीलाई सहजता दिएको छ। राज्य संयन्त्र र राजनीतिमा हालीमुहाली गर्न खोज्नेहरूले यो कुरा बुझ्नुपर्छ उनले भने। “हामी सांसदहरूले समेत यही रेमिट्यान्सबाट तलव पाइरहेका छौँ। हाम्रो तलब पनि यही रेमिट्यान्सबाट आएको हो।”

नेपालमा व्यवस्था परिवर्तन भए पनि देशले विकासको गति लिन नसकेको र कतै अलमलिएको अवस्थामा रहेको उनले बताए। “नेपालमा कतिपय कलेजले विद्यार्थी पाएका छैनन्। तर यहाँ आएका नेपाली विद्यार्थीले समेत काम पाउन कठिनाइ भोगिरहेका छन्। यो विडम्बना हो,” उनले भने।

शनिबारको कार्यक्रममा सांसद पराजुलीका कुरा सुन्न युवापुस्ताको निकै चासो थियो । विदेशमा रहेका युवाहरूमा अहिले रास्वपाप्रति निकै चासो छ । पुराना दलका नेताहरूका कारण अध्ययनका लागि अएर अमेरिकामा रोजगारी गर्दै रहेका पुस्ताहरू कांग्रेस, एमाले, माअवादी, मधेशवादी प्रति चरम विकर्षित देखिएका छन् ।

कार्यक्रम रास्वपा प्रवास संगठन विभाग टेक्सस च्याप्टर संयोजक रविन पाठकको सभापतित्वमा भएको थियो । त्यस अवसरमा सहभागीहरूले रास्वपाको भविष्य, राजनीतिक लक्ष्यका बारेमा पराजुलीसँग जिज्ञासा राखेका थिए ।

सोही अवसरमा टेक्सस च्याप्टरमा निम्न अनुसार पदाधिकारीको घोषणा गरिएको छ । च्याप्टरको सहसंयोजकमा राज अधिकारी, सचिवमा अर्जुन फुँयाल, कोषाध्यक्षमा रमेश थापा रहेका छन् । त्यस्तै सदस्यहरूमा टंकमणि घिमिरे, केशव थपलिया, विप्लव पराजुली, सुदीप कँडेल, शभ्भु गैरे, सुचना पन्त, ईश्वर ढकाल, संजिव र प्रेम पौड्याल रहेका छन् ।