मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   
मुख्य समाचार   

टेक्ससको ड्यालस र क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय रहने

टेक्ससको ड्यालस र क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय रहने


तस्बिर: सामाजिक संजाल

अमेरिका- टेक्ससको ड्यालस र क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपालको कन्सुलेट अफिस स्थापना हुने भएको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै ८० वर्षपछि अमेरिकाले वाशिङ्टन डीसीबाट पश्चिम र दक्षिण–पश्चिम क्षेत्रमा कन्सुलेट अफिस खोल्न लागेको हो।

हाल वाशिङ्टन डीसीमा राजदूतावास र न्यूयोर्कमा नेपाली कन्सुलेट कार्यालय छन्। यी दुई स्थानबाहेक अन्य शहरमा पनि नेपाली जनसंख्या बढेसँगै त्यहाँ कन्सुलेट कार्यालयको माग गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सेप्टेम्बरमा अमेरिका आउँदा थप कन्सुलेट कार्यालय खोल्ने सुझावलाई सकारात्मक रूपमा लिएको बताएका थिए। उनी नेपाल फर्किएलगत्तै मन्त्रिपरिषद्ले थप दुई कन्सुलेट कार्यालय खोल्ने निर्णय गरेको थियो। तर, ती राज्यका कुन शहरमा कन्सुलेट राख्ने भन्ने निर्णय भएको थिएन। अहिले सरकारले कर्मचारी दरबन्दी र कन्सुलेट राख्ने स्थान तय गरेको हो।

नयाँ कन्सुलेट कार्यालयले कहिलेदेखि सेवा शुरू गर्ने भन्ने टुंगो लागेको छैन। तर, टेक्ससका लागि कर्मचारीको दरबन्दीसमेत टुंगो लागेको बताइएको छ।

टेक्ससको ड्यालस र सान फ्रान्सिस्को नेपाली समुदायको ठूलो जनसंख्या भएका शहर हुन्। यी कार्यालय खुलेपछि नेपालीले राहदानी बनाउन, अधिकृत वारिसनामालगायतका कामका लागि डीसी वा न्यूयोर्क जानुपर्ने बाध्यता समाप्त हुनेछ।

कन्सुलेट कार्यालय स्थापनाका लागि अमेरिकामा बस्ने नेपालीहरूले दबाब दिएका थिए। सांसद ज्ञानेन्द्र शाहीले विशेष पहल गरेका थिए। केही महिना पहिले टेक्सस भ्रमणको क्रममा उनलाई हिमालय खबरले “तपाईं यहाँको नेपाली समुदायले माग गरेअनुसार कन्सुलेट कार्यालय खोल्न पहल गर्नुहुन्छ?” भन्ने प्रश्न सोधेको थियो।

त्यसबेला उनले “म नेपाल फर्किएपछि यसका लागि पहल गर्छु” भन्ने आश्वासन दिएका थिए।

सांसद ज्ञानेन्द्र शाहीले नेपाल गएपछि यस विषयमा संसदमा कुरा राखेका थिए। उनले परराष्ट्र मन्त्रीलाई अमेरिकामा रहेका नेपालीहरूको भावना अनुसार पत्रसमेत बुझाएका थिए। “नेपालमा त नेपालीलाई सुख दिनुभएन, विदेशमा त दिनुहोस्” भन्दै शाहीले संसदमा कन्सुलेट खोल्नुपर्ने आवाज उठाएका थिए।

नेपाली समुदायले प्रधानमन्त्रीसँग अमेरिकामा कन्सुलेट कार्यालय थप गर्नुपर्ने माग पुनः राखेका थिए।