काठमाडौ- नागरिकता खोई अभियानले नेपाल सरकारले गैर आवासीय नागरिकता सम्बन्धी नयां व्यवस्था गर्न ल्याएको अध्यादेश नेपालको संविधान र गैर आवासीय नागरिकता ऐनको मर्म र उद्देश्य विपरित जनाएको छ ।
वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्दै आएको उक्त अभियान द्धारा जारी विज्ञप्तिमा बंशजको नागरिकताको निरन्तरताको निरन्तरताको ब्यापक मांग उठिरहेको वेला यस्तो विवादास्पद अध्यादेशले गरै आवासीय नेपालीहरुको अपेक्षा र विश्वासमा आधात पुगेको उल्लेख छ ।
गैर आवासीय नागरिक पनि भन्ने अनि भिसा पनि चाहिने यो कस्तो केटाकेटी खेल हो उक्त अभियानका संयोजक बासुदेश घिमिरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकार र राजनीतिक दलहरु बारम्बार गैर आवासीय नेपालीहरु प्रति अत्यन्त अनुदार देखिदैं आएका छन् विज्ञप्तिमा भनिएको छ अहिले जारी गरिएको अध्यादेशले यो कुरा प्रमाणित भएको छ ।
नागरिकता खोई अभियान गैर आवासीय नेपालीको अधिकार र आत्मसम्मानमा नेपाल सरकारले देखाएको वेवास्ता र अनुदार व्यवहारको निन्दा गर्दछ विज्ञप्तिमा भनिएको छ । विदेशमा रहेका सम्पूर्ण नेपाली एकतावद्ध भएर हाम्रो अधिकारको लागि आवाज वुलन्द गर्न पनि संयोजक घिमिरेले आग्रह गरेका छन् ।
प्रतिक्रिया