न्यूयोर्क (अमेरिका) । डोनाल्ड ट्रम्पलाई परस्त्रीगमन गर्दाको भुक्तानी चन्दा रकमबाट तिरेको अभियोगमा न्यूयोर्कको अदालतले सजाय दिने पहिलेको संभावना विपरित बिना सजायँ उन्मुक्तिको फैसला सुनाएको छ । कुनै जेल वा कुनै जरिवाना भने तिर्नु नपर्ने गरि प्रतिकात्मक सजायँका रूपमा यसलाइ हेरिएको छ ।
राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हाल्नुभन्दा १० दिन अघिमात्र अदालतले यस्तो फैसला गर्दै उनलाइ सजायँबाट भने मुक्ति दिएको छ । नत्र भने ट्रम्प इतिहासमा पहिलो पटक फैजदारी अभियोग प्रमाणित भएर राष्ट्रपति हुने पहिलो व्यक्ति हुने थिए ।
शुक्रबार अदालतमा फैसला सुनुवाइको क्रममा ट्रम्प भने फ्लोरिडाको निवासमै थिए । उनी भर्चुअल रूपमा स्क्रिन मार्फत अदालतमा उपस्थित रहेको सिएनएनले समाचारमा जनाएको छ । तर उनले फैसलालाइ स्वागत गर्दै न्यायाधीशलाइ धन्यवाद दिएका छन् ।
ट्रम्पलाइ बिभिन्न ३४ वटा अभियोगमा दोषी ठहर गरिएको थियो । सजायँ सुनाउने दिन शुक्रबार भने कुनै पनि सजायँ नदिइ अदालतले उन्मुक्ति प्रदान गरेको छ । शुक्रबार अदालतले फैसला गरे लगत्तै ट्रम्पले दोषी नभएको भन्दै समर्थकहरूसँग चन्दा मागेका छन् ।
प्रतिक्रिया