काठमाडौं- आज बिहान काठमाडौंमा भूकम्पको झट्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको छ।
केन्द्रविन्दु तिब्बत :
भूकम्पविद् लोकविजय अधिकारीले बताएअनुसार, भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गी क्षेत्रमा रहेको छ। यो भूकम्पले नेपालका काठमाडौंसहित अन्य भागमा पनि धक्का महसुस गराएको हो।
क्षतिको विवरण संकलन जारी :
हालसम्म कुनै ठूला क्षतिको खबर आएको छैन भने स्थानीय प्रशासनले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको छ।
थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया