अमेरिका । यस वर्षको ब्ल्याक फ्राइडेमा अमेरिकामा खुद्रा पसलहरूको बिक्री अपेक्षाकृत कम रह्यो । तर अनलाइन कारोबारमा उल्लेखनीय वृद्धि भएको भएको छ । मास्टरकार्ड र अन्य तथ्याङ्क प्रदायकहरूका अनुसार अमेरिकीहरूले पसलभन्दा आफ्नो मोबाइल फोन र ल्यापटपलाई प्राथमिकता दिए।
स्टरकार्डका प्रारम्भिक अनुमानअनुसार, स्टोरहरूमा भएको बिक्री ०.७% ले वृद्धि भएको छ। अर्को तथ्याङ्क संस्था फ्याक्टियसका अनुसार, खुद्रा पसलहरूको बिक्री झन् कम रहेको थियो ।
तर, अनलाइन बिक्रीमा उल्लेखनीय वृद्धि देखियो। मास्टरकार्ड स्पेन्डिङ पल्सका अनुसार, अनलाइन बिक्री झण्डै १५ प्रतिशतले वृद्धि भएको छ। यो मापनले मास्टरकार्ड नेटवर्कमा भएका खुद्रा बिक्रीसँगै नगद र चेकबाट हुने भुक्तानीको अनुमानलाई समेट्छ।
मुद्रास्फीति र अनलाइन बिक्रीको प्रभाव :
फ्याक्टियसका सह-संस्थापक जोनाथन चिनले भने, “मुद्रास्फीतिलाई ध्यान दिएर हेर्दा, पसलहरूबाट बिक्री अझ कम देखिन्छ।” फ्याक्टियसले सात दिनको आधारमा डेबिट र क्रेडिट कार्डको अनलाइन र पसलमा हुने बिक्रीको विश्लेषण गरेको थियो।
यसका अनुसार, अनलाइन बिक्रीमा ११ प्रतिशत वृद्धि भए पनि मुद्रास्फीतिलाई समायोजन गरेपछि यो साँढे ८ प्रतिशतमा झर्दछ। उता, स्टोरहरूबाट भएको बिक्री ५ दशमलव ४ ले घटेको देखिएको छ, र मुद्रास्फीति समायोजन गरेपछि यो ८ प्रतिशतले कमी आएको हो।
छुटको खोजीमा उपभोक्ताः
ब्ल्याक फ्राइडे अमेरिकी धन्यबादको भोलिपल्ट मनाइन्छ र खुद्रा व्यापारीहरूले यसलाई छुट दिनको लागि महत्वपूर्ण अवसरका रूपमा हेर्छन्।
यस अवसरमा छूटको खोजीमा रहेका कोरे कोस्किओनी जस्ता उपभोक्ताहरूले अनलाइन र स्थानिय पसलहरू दुवैमा सामान खोजे। उनले भने, “मैले मेरी पत्नी, छोरी र आफूलाई उपहार किन्न खोजिरहेको छु।”
अनलाइन बजारको प्रगति :
मास्टरकार्डका प्रमुख अर्थशास्त्री मिशेल मेयरका अनुसार, धेरै उपभोक्ताले अनलाइन किनमेललाई प्राथमिकता दिएका छन्, जहाँ तिनीहरूलाई निकै छुटहरू थिए ।
विभिन्न तथ्याङ्कले देखाएअनुसार, अनलाइन बजारमा अमेजन र वालमार्ट जस्ता ई-कमर्स कम्पनीहरूले राम्रो प्रदर्शन गरेका छन्। यस्तै, शिन, टेमु र टिकटक शपले पनि उल्लेखनीय वृद्धि देखाएका छन्।
समग्र खर्चको वृद्धि :
मास्टरकार्डका अनुसार, ब्ल्याक फ्राइडेमा समग्र खर्च ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। नोभेम्बर १ देखि डिसेम्बर २४ सम्ममा अनलाइन र भौतिक पसलमा हुने खर्च ३ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
एडोबका तथ्याङ्कअनुसार, ब्ल्याक फ्राइडेमा अमेरिकीहरूले १० अर्ब अनलाइन खर्च गरेका छन्, जसमा मेकअप, ब्लुटुथ स्पिकर र एस्प्रेसो मेसिनहरू लोकप्रिय थिए।
यस वर्षको ब्ल्याक फ्राइडेले अनलाइन बजारमा ठूलो प्रभाव छोडेको देखिन्छ, जबकि भौतिक पसलहरूले उपभोक्ताहरूको ध्यान आकर्षित गर्न संघर्ष गरिरहेका छन्।
यस वर्षको ब्ल्याक फ्राइडेमा अनलाइन बिक्रीले ऐतिहासिक रेकर्ड तोड्दै अमेरिकामा मात्र १० अर्ब ८० करोडको खरिद भएको छ । जसमा १२ दशमलव १ प्रतिशत वृद्धि भएको छ। विश्वव्यापी रूपमा, सेल्सफोर्सका अनुसार, खरिद ७४ अर्ब ४० करोड अर्बमा पुगेको छ, जुन गत वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि हो।
मोबाइल उपकरणहरूबाट गरिएको अनलाइन खरिद कुल खर्चको ५५ प्रतिशत अर्थात् ५ अर्ब ९० करोड डलर रहेको छ। उच्च छुटले पनि बिक्रीमा टेवा पुर्याएको छ, विशेषगरी खेलौनामा २७ प्रतिशत, इलेक्ट्रोनिक्समा २७ दशमलव ४ प्रतिशत र टिभीमा २४ दशमलव २ प्रतिशत छुट प्रदान गरिएको थियो।
ब्ल्याक फ्राइडेमा अनलाइन बिक्रीमा ठूलो भूमिका जनरेटिभ एआई च्याटबोटहरूले खेलेका छन्। यस वर्ष २० प्रतिशत उपभोक्ताहरूले च्याटबोटमार्फत छुट र सिफारिस पत्ता लगाएका छन्। यसले अनलाइन किनमेललाई थप सहज र आकर्षक बनाउँदै परम्परागत खुद्रा शैलीलाई चुनौती दिएको छ।
प्रतिक्रिया