मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टीकाको साइत १०:०५ मा

टीकाको साइत १०:०५ मा


अमेरिका । अमेरिकाको टेक्ससमा बडादशैंको टीकाको साइत शनिबार बिहान १० बजेर ५ मिनेटमा रहेको छ ।

ड्यालसस्थित पशुपतिनाथ मन्दिरका पूजारी डा. शेखर पण्डितका अनुसार बडादशैंको टीकाको मुख्य साइन बिहान १०ः०५ मा रहेको छ । देवी विसर्जन पछि दिनभरि टीका लगाउन सकिने भएपनि मुख्य साइत भने उक्त समयमा निकालिएको डा. पण्डितले बताए ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जारी गरेको विज्ञप्ती अनुसार नेपालमा शनिबार बिहान १०ः३६ मा शुभ साइत रहेको छ । त्यस्तै न्युयोर्कमा १०ः०१ मा, डिसीमा ९ः५५, केन्टकी १०ः३१, क्यालिफोर्निया ९ः३९, टोरन्टो क्यानडा १०ः१५ मा साइत रहेका छन् ।

पछिल्ला केही वर्षदेखि तिथिका कारण अमेरिका र नेपालमा दशैंको टीका फरक दिन पर्ने गरेकोमा यसपटक भने एकै दिन परेको छ ।

नेपाल भन्दा पूर्ब परेर पनि यस पटक न्यूजील्याण्ड, अष्ट्रेलिया, जापान, हङ्मकङ्गमा भने अक्टोबर १३ तारिकमा मात्र बिजया दशमीको टीकाको दिन परेको छ ।

सूर्योदय हुँदा दशमी तिथि ती देशहरुमा नहुने भएकोले भोलीपल्ट मात्र टीकाको साइत परेको छ ।