मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
स्वास्थ्य / विचित्र संसार   

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरीका- रक्तदान जिवनदान भन्ने मान्यतालाइ मनन गर्दै कोलोराडोमा हालै सम्पन्न रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।

ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो च्यापटर (https://BloodDonorsOfAmerica.org) र रिभाईभ मेडिकल वेलनेस (www.ReviveMedicalWellness.net) को संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा रक्तदाताहरुको संख्या १४ रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेसका मेडिकल डायरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिएकी छिन् ।

यसरी स्वतस्फुर्त रक्तदान गर्ने महानुभावहरु मध्ये टीका पौडेलले ३६ औं पटक रक्तदान गरेका थिए भने अनिल बज्राचार्यले पहिलोपटक रक्तदान गरी पुण्यकर्मको सुरुवात गरेका थिए । त्यस्तै अन्य रक्तदान गर्ने महानुभावहरुमा Ram Gopal Shrestha, Bhusan Shrestha, Shree Ram Luitel, Binita Wagle, Sujita Basnet, Santhosh Thapa, Liza Shrestha, Bimala Paudel, Mark Morin, Marcus Lewis, Shannon Conner र Aaron Conner रहेका थिए ।

रक्तदान जस्तो पूण्य कार्यमा भविष्यमा पनि लागी रहन अभिप्रेरित गर्दै, सवै रक्तदान गर्ने महानुभावहरुलाई ब्लड डोनर्स अफ अमेरिका, केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठले धन्यवाद दिएका थिए ।