मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   

बुधबार केन्द्रीय बैंकले ब्याज दर घटाएपछि घरको व्याजदर घट्ने

बुधबार केन्द्रीय बैंकले ब्याज दर घटाएपछि घरको व्याजदर घट्ने


तस्बिर: सामाजिक संजाल

अमेरिका । अमेरिकाको फेडरल रिभर्भले व्याजदर घटाउने तयारी गरेको छ । संभवतः बुधबार फेडरलले मुख्य व्याजदर घटाउने निर्णय सार्वजनिक गर्ने चर्चाले अहिले अमेरिकाको वित्तीय क्षेत्र तातेको छ ।

अर्थविद्, व्यापारी, राजनीतिज्ञ र अर्थ पत्रकारहरूले अमेरिकी संघीय रिजर्भले ब्याज दर घटाउन सुरु गर्ने कुराको लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए। वास्तवमा संघीय रिजर्भले अन्तिम पटक जुलाई २०२३ मा आफ्नो प्रमुख संघीय कोष दर ५ दशमलव २५ प्रतिशत देखि ५ दशमलव ५ मा बढाएको १४ महिना भएको छ। महत्वपूर्ण कुरा यो हो कि संघीय रिजर्भले पहिलो पटक दर कटौती गरेको मार्च २०२० हो । त्यस यता साँढे चारवर्ष भइसकेको छ। त्यो समय कोरोना महामारी सुरु भएर सबै गतिविधिहरू रोकिएको थियो । अमेरिकी अर्थतन्त्रलाई पूर्णरूपमा ठप्प हुनबाट जोगाउन संघीय रिजर्भले त्यो कदम चालेको थियो।

बुधबार दुई दिने संघीय रिजर्भको खुला बजार समिति बैठकको अन्त्यमा दर कटौती सम्भावना छ। यस हप्ता महत्त्वपूर्ण आर्थिक र आम्दानी रिपोर्टहरू पनि आउँदैछन्।

बुधबार दिउँसो २ बजे घोषणा हुने दर निर्णयले शेयर बजारलाई ठूलो असर पुर्याउन सक्छ। यदि यसले असर गरेन भने दुई अन्य घटनाले असर गर्न सक्छन् । बुधबार अपरान्ह सुरु हुने संघीय रिजर्व अध्यक्ष जेरोम पावेलको प्रेस सम्मेलन, जसमा उनले घोषणामा उल्लेख नगरेको महत्वपूर्ण बुँदा बाहिर ल्याउने अनुमान गरिएको छ ।

संघीय रिजर्भको निर्णयपछि तीन कारणले जनताले केही राहत पाउन सक्छन् । पहिलो, तेलको मूल्य घट्दैछ। अमेरिकामा ग्यासको मूल्य अक्टोबरको मध्यसम्म राष्ट्रिय रूपमा प्रति ग्यालन तीन डलर भन्दा पनि भन्दा तल झर्ने सम्भावना छ। शनिबारको दिनसम्म एएएको दैनिक राष्ट्रिय औसत ग्यालनको ३.२१ डलर थियो । जुन वर्षको हिसाबले मात्र ३ दशमलव २ प्रतिशत मात्र उच्च हो । अहिले कर्जा दरहरू ६ प्रतिशत भन्दा माथि छन् । यदि घरको मूल्य धेरै बढेन भने घर किन्ने क्रम घटेर अलिक सस्तो हुन सक्छ। ७ दशमलव ५ प्रतिशत ब्याज दरमा २ लाख ५० हजारको कर्जाको मासिक किस्ता १ हजार ७४८ हुन्छ भने भने व्याजदर ६ दशमलव १ प्रतिशतमा झरेको खण्डमा किस्ता १ हजार ५२१ मा झर्छ । यो भनेको १३ प्रतिशतले कम हो।