मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   

अन्टीएफको चौथो महासभाको तयारी पूरा

अन्टीएफको चौथो महासभाको तयारी पूरा

हिमालय खबर

शेयर गर्नुहोस:

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जलस, अमेरिका | युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) ले आगामी चौथो महासभाको सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ। सेप्टेम्बर १४, २०२४ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने कार्यक्रममा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू, र नेतृत्वकर्ताहरू सहभागी हुने आयोजकले बताएका छन् ।

महासभामा नेपाली तेक्वान्दोको भविष्य र यसलाई विश्वव्यापी रूपमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिनुको साथै यस कार्यक्रममा नयाँ सञ्चालक समितिको निर्वाचन पनि गरिनेछ। कार्यक्रमका संयोजक अमृत महतोका अनुसार कार्यक्रमलाई सफल बनाउन सबै तयारी पुरा भएको छ भने सहभागीहरूलाई स्वागत गर्न र तेक्वान्दो समुदायलाई फाइदा पुग्ने महत्त्वपूर्ण छलफलको लागि आयोजकहरु आतुर छन् ।

अन्टीएफको पहिलो महासभा सन् २०१४ मा लण्डन, युकेमा, दोश्रो सन् २०१६ मा पोर्टल्याण्ड, अमेरिकामा, र तेश्रो सन् २०१८ मा मिचिगन, अमेरिकामा आयोजना भएको थियो।