मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

ड्यालसमा मानसिक स्वास्थ सचेतना कार्यक्रम हुँदै

ड्यालसमा मानसिक स्वास्थ सचेतना कार्यक्रम हुँदै


ड्यालस (टेक्सस), अमेरिका । तपाईलाई रिस कत्तिको उठ्छ ? रिस उठ्दा त्यसलाई कसरी साम्य पार्नुहुन्छ ? रिस उठेकै कारणले तपाईको ब्लडप्रेसर, डायबिटिज लगायतले तनाव दिएको त छैन ?

यदी तपाईलाई यस्तो समस्याले पिरोलेको छ भने समाधानका लागि ड्यालसमा पहल सुरु भएको छ । टेक्सस नेप्लिज मेडिकल एसोसिएसनले नेपाली समाज टेक्सस, हिमालय हेल्थ क्लिनिक र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा आउँदो आइतबार रिस व्यबस्थापन र मानसिक स्वास्थ जनचेतना कार्यक्रम आयोजना गर्न लागेको छ ।

युटी साउथवेस्टर्न मेडिकल सेन्टरका कन्सल्टिङ्ग डाइरेक्टर डा. नजीब रंगिनवालाले रिस व्यवस्थापन र मानसिक स्वास्थका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । मानिसमा स्वभाविक रुपमा रिस आउँछन्, त्यसलाई व्यबस्थापन गर्न नसक्दा ठूला मानसिक समस्याहरु समाजमा देखिएका छन् । त्यसलाई समाधान गर्न र जनचेतना जगाउन यो कार्यक्रम राखेका हौ कार्यक्रमका मोडरेटर एवं टेक्सस नेप्लिज मेडिकल एसोसिएनका अध्यक्ष डा. सञ्जीब श्रेष्ठले भने ।

रिसलाई व्यबस्थापन गर्न सक्ने हो भने मानिस स्वस्थ पनि हुने र समाज पनि सभ्य हुने भएकोले समाजमा यो जरुरी देखिएको उनले बताए ।

मानिसलाई आफूमा मानसिक समस्या रहेको कुरा पत्ता लगाउन गाह्रो हुन्छ । त्यस बारेमा पनि कार्यक्रममा जानकारी गराइनेछ । सेप्टेम्बर १५ तारिक आइतबार बिहान १०ः३० बाट सुरु हुने कार्यक्रम एक घण्टाको हुने र सहभागी भएर लाभान्वित हुन चिकित्सकहरुले आव्हान गरेका छन् ।

कार्यक्रममा सहभागी हुन इच्छुकले लिला श्रेष्ठ, सीता सापकोटा, राज श्रेष्ठ, डा. विष्णुमायाँ उपाध्याय र कमला अधिकारीसँग सम्पर्क राख्न समेत आव्हान गरिएको छ ।