मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   

जनसम्पर्क समितिको नेतृत्वमा लिन गैर नेपालीले पनि पाउने

जनसम्पर्क समितिको नेतृत्वमा लिन गैर नेपालीले पनि पाउने


ड्यालस (अमेरिका) । नेपाली नागरिकता त्याग गरिसकेको भएपनि अबदेखि नेपाली जनसम्पर्क समितिको सदस्य हुन पाउने प्रावधान लागु भएको छ ।

नेपाली कांग्रेसले कृयाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता लिएका व्यक्तिहरु जनसम्पर्क समितिको नेतृत्वमा आउन सक्नेगरि नयाँ व्यबस्था लागु गरेको छ ।

जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत हुने हुँदा यसअघि जनसम्पर्क समितिको राजनीतिका लागि क्रियाशील सदस्यता र नेपालको नागरिक हुनु अनिवार्य थियो ।

कांग्रेसको विदेशस्थित जनसम्पर्क समिति हेर्ने ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’को संयोजक केन्द्रीय सदस्य किरण पौडेल छन् । पौडेल नेपाली जनसम्पर्क समितिमा रहन नेपाली मूलका व्यक्ति भए पुग्ने बताए । बाह्रखरीमा प्रकाशित समाचार अनुसार अबदेखि विदेशमा रहने नेपालीमुलका जो कोही जनसम्पर्क समितिको सदस्य हुन पाउने र सदस्य भएपछि नेतृत्वमा जान सक्ने नयाँ व्यबस्था लागु भएको छ ।

“नेपाली जनसम्पर्क समितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान तथा नियमावलीबमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ,” नेपाली कांग्रेसको विधानको दफा १४ (क)मा भनिएको छ ।

विधानको यो दफासहित निलम्बन गरेर कांग्रेसले जनसम्पर्क समितिकोे अध्यक्ष र सदस्य सम्बन्धित देशकोे नागरिक नै हुने प्रावधान राखेको हो । नेपालको संविधानले नेपाली नागरिकता त्यागेकाहरूलाई गैरआवासीय नागरिकता दिने व्यवस्था गरेको छ । तर, उक्त व्यवस्थाले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेकका अधिकार दिने व्यवस्था गरेको छ । संविधानले गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकारमा भने प्रतिबन्ध लगाएको छ ।

शेयर गर्नुहोस:

1.2k
Shares