मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कला   

गुल्मी समाजको ह्युस्टन तिज महोत्सव

गुल्मी समाजको ह्युस्टन तिज महोत्सव

हिमालय खबर

शेयर गर्नुहोस:

972
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिज आयो कि नेपाली नारीहरुको चहलपहल र नाचगान शुरु भइहाल्छ। हिन्दु नारीहरुको सांस्कृतिक पर्व तिज अचेल महिनौसम्म मनाउने चलन शुरु भएको छ। प्रवासको नेपाली समाजले प्राय सबै चाडपर्व सप्ताहन्तमा मनाउनु पर्ने बाध्यता छँदै छ। नेपालीहरुले आफू जहाँ, जसरी बसेपनि आफ्ना चाडपर्वहरु मनाउन छोडेका छैनन्।

यसै सन्दर्भमा आज टेक्ससको दक्षिणी  सहर ह्युस्टनमा गुल्मी समाजको आयोजनामा भव्य तिज महोत्सव सम्पन्न भएको छ। नेपालीहरुको बढी बसोबास भएको सबै अमेरिकी शहरहरुमा सबै मुख्य चाडपर्व सामूहिक ढङ्गले मनाउने प्रचलन बढ्दो छ।

खासगरी रातो साँस्कृतिक पोसाक, गर-गहना, हरिया पोतेले सजिएका नेपाली नारीहरुको सार्वजनिक चहलपहल देखिन थालेपछि तिज आएको थाहा भइहाल्छ। तिजको अर्को विशेषता भनेको नारीका खुसी, बेदना, उत्पीडन, मुक्तिका कथा समेटिएका नारी-प्रधान तिज गीत घन्किनु पनि हो। गुल्मी समाज ह्युस्टनले आज आइतवार सेप्टेम्वर १ का दिन ह्युस्टनमा आयोजना गरेको तिज महोत्सवको दृ्ष्य ठ्याक्कै त्यस्तै थियो। ह्युस्टन वरिपरिका सयौं आमा-दिदी-बहिनीहरु रातो साडी र गहनामा सजिएर गुल्मी समाजको तिज महोत्सवमा सहभागी भएका थिए।

सामूहिक दर खाँदै परम्परागत र आधुनिक तिज गीतमा छमछमी नाच्दै रमाएका आमा-दिदी-बहिनीहरुले तिज महोत्सवलाई भव्य बनाइदिएका थिए। आमा-दिदी बहिनीहरुको नाच हेर्न र सामूहिक दर खाने कार्यक्रममा पुरूषहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। तिज महोत्सवमा नेप्लिज एशोसियसन अफ ह्युस्टन, सृजनशील नेपाली समाज र नेप्लिज हेरिटेज यूनियनका तर्फबाट समेत सक्रिय सहभागिता रहेको आयोजक गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी गराएकाछन्।

तिज महोत्सवमा बालबालिकाहरु सहित करिब तीन सय पचास जतिको सहभागिता रहेको समाजका सचिव हरि न्यौपानेले हिमालय खबरलाई बताए।

नेपालीहरु संसारभर जहाँ पुगेपनि आफ्नो भाषा, संस्कृति, चाडपर्व र रहनसहन संगै लिएर जान्छन्। जहाँ रहन्छन्, त्यहीं आफ्नो सांस्कृतिक पहिचान कायम राख्छन्। त्यही सांस्कृतिक पहिचानको एउटा उदाहरण हो—सामूहिक तिज पर्व, जुन ह्युस्टनका नेपालीले आज भव्यताका साथ मनाएकाछन्।