मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

‘मिडिया भन्ने, तर पत्रकारिता के हो भन्ने थाहा नपाउने ?’

‘मिडिया भन्ने, तर पत्रकारिता के हो भन्ने थाहा नपाउने ?’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत

काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल युट्युब सहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरि जिम्मेवार हुन आग्रह गरेका हुन् । ‘मिडिया भन्ने, तर पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो । व्यक्तिगत रुपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुनुपर्छ । नागरिक दायित्व हुन्छ । मिडियाको रुपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नैपर्छ’ अनलाइन मार्फत नयाँ सुरु भएका सञ्चार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने ।

Advertisement
ADVERTISEMENT

नयाँ खुलेका अनलाइनसहित सञ्चार माध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै बस्नेतले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिता बिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्ने तर्फ सबै सचेत हुनुपर्ने धारणाा राखे । ‘देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ । हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप अनि गाली वर्षाएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हो । यसले विकृति र वितृष्णा मात्र बढाएको छ’ अध्यक्ष बस्नेतले भने ‘देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभै समाधानका विकल्पहरु सहित प्रश्न उठाउनु पर्छ ।’ प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको जानकारी समेत उनले उल्लेख गरे ।

काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखिकरण कक्षा लिँदै आएको छ । सोमबार स्रोत व्यक्तिका रुपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेकी थिइन् । युट्युबसहित सामाजिक सञ्जाल मार्फत चलेका मिडिया माथि नियमन गरेर काउन्सिलले दक्षिण एशियामै प्रशंसनीय काम थालेको छ ।

शेयर गर्नुहोस:

756
Shares