वासिङ्गटन डिसी (अमेरिका) । नेपाल सरकारले अमेरिकाको लागि राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्तीको निर्णय गरेको छ ।
हाल बेलायतका लागि राजदूत रहेका रेग्मीलाई कुटनैतिक क्षेत्रमा सबैभन्दा चार्मफुल देशका रुपमा लिइने अमेरिकाको जिम्मा वर्तमान सरकारले दिएको छ । गत जेठमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रेग्मीलाई बेलायतबाट फिर्ता गरेर भारतको लागि नियुक्तीको निर्णय गरेको थियो । शर्मालाई सोमबारको बैठकले थमौती गरेको छ । अघिल्लो मन्त्रीपरिषदको निर्णयले फिर्ताको निर्णय गरिएका कतिपय राजदूतहरु नेपाल फर्किसकेको भएपनि शर्मा भने नयाँदिल्लीमै थिए ।
त्यतिखेर अमेरिकाका लागि चन्द्र घिमिरेलाई राजदूत बनाउने निर्णय भएपनि त्यो निर्णय परिपक्व हुन नपाउँदै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको थियो । वर्तमान सरकारले रेग्मीलाई अमेरिका र घिमिरेलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको छ । अघिल्लो सरकारले भारतबाट फिर्ता गर्ने निर्णय गरिएको डा. शंकर शर्मालाई भने पुनर्स्थापना गरिएको छ ।
मुख्य सचिवबाट रिटायर्ड भएका रेग्मी प्रति सरकार नेतृत्वको दल एमाले निकै ‘दयालु’ देखिएको छ । मुख्य सचिवबाट रिटायर्ड हुने वित्तिकै एमालेकै चाहनामा बेलायतको राजदूत बनाइएको थियो । गत जेठमा कांग्रेस निकट राजदूतहरुलाई फिर्ताको निर्णय गरेको माओवादी–एमाले संयुक्त सरकारले रेग्मीलाई कुटनैतिक क्षेत्रमा निकै पावरफुल र महत्वपूर्ण मानिने भारत जिम्मा लगाउने निर्णय गरेको थियो ।
यसपटक अमेरिकाको राजदूत बनाएर पठाउने निर्णयले एमाले र रेग्मीको सम्बन्ध प्रति निकै चासो पुर्वक धेरैले हेरेका छन् ।
अमेरिकाको राजदूतको निर्णय कार्यान्वयन नहुँदै बेलायत तिर पु¥याइएका चन्द्र घिमिरे पनि पूर्ब सचिव हुन् । प्रशासनतन्त्रमा निष्पक्ष मानिएपनि अहिले एमालेकै पहलमा राजदूत बनाइएको चर्चा व्याप्त छ ।
सोमबारको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले १८ देशमा राजदूत नियुक्तीको निर्णय गरेको छ । महत्वपूर्ण मानिने चीनमा कृष्णप्रसाद ओली, कोरियामा शिबमायाँ तुम्बाहाम्फेलाई नियुक्त गरेको छ ।
यसपटकको नियुक्ती करिअर डिप्लोम्याट भन्दा पनि राजनैतिक नियुक्ती रहेको छ । अघिल्लो सरकारले अमेरिकाबाट फिर्ता गर्ने निर्णय गरेको एक सातामै तत्कालिन राजदूत श्रीधर खत्री नेपाल फर्किएका थिए । खत्रीको कार्यकाललाई नेपालका लागि त्यति उपलव्धिमुलक कार्यकालका रुपमा परराष्ट्रले लिएको छैन ।
प्रतिक्रिया