मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बिडिएको रक्तदानमा ४२ जनाले गरे रगतदान

बिडिएको रक्तदानमा ४२ जनाले गरे रगतदान

हिमालय खबर

शेयर गर्नुहोस:

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रगतदान गरेकाछन् ।

रक्तदान गर्नुहोस् र अभावबाट बच्न मद्दत गर्नुहोस् भन्ने अपिलसहित ब्लड डोनर्स अफ अमेरिका (बिडिए), म्यासाच्युसेट्स च्याप्टरले जुलाई २० तारिख शनिबार आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका हुन् ।

उक्त कार्यक्रम प्रवासी नेपालीहरुले हालै सञ्चालनमा ल्याएको नरवुड टाउनको 956 Boston Providence Hwy, Norwood, MA-02062 अवस्थित एएफसी अर्जेन्ट केयर क्लिनिकमा आयोजना गरिएको थियो। म्यासाच्युसेट्स जनरल हस्पिटलको रक्तदान केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा, हिमालयन लायन्स क्लब अफ न्यू इङ्गल्याण्ड र नरवुड लायन्स क्लबको विशेष सहयोग रहेको थियो।

कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन एएफसी अर्जेन्ट केयर क्लिनिकका निर्देशक एवम् प्राइमरी ब्लड ड्राइभ चेयरपर्सन उमेश पनेरुले सहजीकरण गरेका थिए भने, बिडिएका केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त, केन्द्रीय सदस्य बिरोचन नेपाल, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष राम थापा, हिमालयन लायन्स क्लब अफ न्यू इङ्गल्याण्ड, डिष्ट्रिक घघप्का अध्यक्ष थानीरत्न कँडेललगायतले रगतदान गरेका थिए ।

कार्यक्रम आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए।कार्यक्रममा अपेक्षा गरिएको भन्दा बढी रक्तदाताहरुले रगतदान गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष थापाले भने, ‘कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। अपेक्षा गरिएको भन्दा बढीले रगतदान गरे।’  उनले थपे, ‘रक्तदाताहरुको उत्साहजनक सहभागिताले हामी निकै उत्साहित भएका छौं। आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रम गर्ने कोसिस गर्ने छौं। कार्यक्रमका रक्तदाता तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दछु।’

सन् २००९ मा स्थापित ब्लड डोनर्स अफ अमेरिकाले गत अक्टोबर ११, २०२३ मा राम थापाको नेतृत्वमा म्यासाच्युसेट्स च्याप्टर गठन गरेको थियो। रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने र रक्तदानसँग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने मुख्य उद्देश्यका साथ च्याप्टर गठन गरिएसँगै संस्थाले आफ्ना गतिविधिहरुलाई तीव्रता दिँदै आएको छ।

अध्यक्ष थापाले दिएको जानकारीअनुसार संस्थाले मास जनरल हस्पिटलको रक्तदान केन्द्रको प्राविधिक सहयोगमा, प्रत्येक ४ महिनाको अन्तरालमा वर्षको ३ पटक रगत संकलन कार्यक्रम गर्ने तालिका तय गरेको थियो। जसअनुसार यो पहिलो कार्यक्रम सम्पन्न भएको हो। बाँकी दुई कार्यक्रम भने आउँदो नोभेम्बर २, २०२४ र मार्च १, २०२५ का दिन आयोजना गरिने कार्यतालिका रहेको छ।