मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बाईडेन राष्ट्रपतिको रेसबाट बाहिर

बाईडेन राष्ट्रपतिको रेसबाट बाहिर


टेक्सस (अमेरिका) । आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी नहुने निर्णय गरेका छन् ।

विगत तीन सातादेखि उनी उम्मेदवारका लागि अनुपयुक्त रहेको डेमोक्रेटिक पार्टी र मतदाताहरुबाटै धारणा व्यक्त हुँदै आएपछि बाइडेनले उम्मेदवारी फिर्ता गर्दै अब आफ्नो कार्यकाल ढुक्कले चलाउने निधोमा पुगेको जनाएका छन् । बाइडेनको उम्मेदवारी फिर्तापछि अब नोभेम्बर ५ तारिक हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट को उम्मेदवार हुने भन्ने विषय अब सर्वाधिक चासो र सरोकारको विषय भएको छ ।

बाइेडनले आफ्नो कार्यकालकी अर्थात वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेका छन् । तर पूर्ब राष्ट्रपति ओबामाकी पत्नी मिसेल ओबामा, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम चर्चामा छन् ।

पूर्ब राष्ट्रपति बाराक ओबामा, पूर्ब सभामुख नेन्सी पेलोसी, वरिष्ठ सिनेटरहरु कंग्रेसम्यानहरुको सुझाव पछि बाइडेनले उम्मेदवारी फिर्ता लिने निधो गरेका हुन् ।

अमेरिकाका राष्ट्रपति जो वाइेडनले अर्को कार्याकालका लागि आफु उम्मेदवार नवन्ने घोषणासंगै उनको उत्ताराधिकारी कसलाई र कसरी छान्ने भन्ने बहस शुरु भएको छ । वाइेनले समाजिक संजाल एक्समा लेख्दै आफनो पार्टी र देशका लागि राष्ट्रपति उम्मेदवार हुन वाट पछि हटेको जानकारी दिएका थिए ।

केही साता यता ८१ बर्षका वाइडेनलाई पुन राष्ट्रपति पदको दौडवाट पछि हट्न आफ्नै डेमोक्र्याटीक पार्टी र चन्दादातावाट दवाव पर्दै आएको थियो । करिव एक महिना अघि प्रमुख पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र वाइेन विच प्रत्यक्ष वहस भएको थियो । त्यो बहसमा वाइडेन कमजोर देखिनएका थिए । त्यसपछि उनलाई राष्ट्रपटिको उम्मेदवारको दौडवाट अगल हुन दवाव पर्दै आएको थियो ।

बढ्दो उमेरका कारण उनले आउने ४ बर्ष राष्ट्रपतिको काम गर्न कठिन हुने आंकलन गरिएको थियो । डेमोक्र्याटीक पार्टीको आन्तरिक प्रतिस्पर्धामा वाइडेननै राष्ट्रपति वन्ने तय भएको थियो । उनी पुन उम्मेदवार वन्ने तयारीमै थिए । तर, ट्रम्पसंगको प्रत्यक्ष वहसपछि भने डेमोक्रायाटीक पार्टीका समर्थकले उनलाई पछि हट्न सुझाव दिदैं आएका थिए ।

बहसपछिका मत सर्वेक्षणमा पनि वाइडेन ट्रम्पभन्दा पछि देखिएका थिए । वाइडेन उम्मेदवार भएको खण्डमा ट्रम्पले सजिलै चुनाव जित्ने आंकलन गरिएको थियो । अमेरिकामा २ दुईकालका लागि राष्ट्रपति वन्न पाइने प्रचलन छ । त्यही कारण अधिकांश राष्ट्रपतिले दोस्रो कार्यकालका लागि पनि उम्मेदवार दिने गरेका छन् ।

डेमोक्र्याटीक पार्टीको राष्ट्रिय सम्मेलन हुन बांकी छ । अगष्ट १९ देखि २२ तारिखसम्म चल्ने उक्त राष्ट्रिय सम्मेलनले वाइडेनका सट्टा उम्मेदवारको टुंगो लगाउने छ ।