मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
खेलकुद   
नेपाल   

सेन्ट भिनसेन्टका प्रधानमन्त्रीलाई ढाकाटोपी र झण्डा ओढाएर सम्मान

सेन्ट भिनसेन्टका प्रधानमन्त्रीलाई ढाकाटोपी र झण्डा ओढाएर सम्मान

- निर्मल अर्याल


वेष्ट इण्डिज । नेपाली क्रिकेट फ्यानहरू देखेर सेन्ट भिनसेन्टका प्रधानमन्त्री राल्फ गोन्साल्भेस आश्चर्य चकित भएका छन् । प्रधानमन्त्री गोन्साल्भेसलाई नेपाली फ्यानले ढाकाटोपी र काँधमा झण्डा ओढााइदिएर सम्मान प्रकट गरेका छन् ।

नेपाल क्रिकेटका डाई हार्ट फ्यानहरू मधुकर राजभण्डारी र विजयमान श्रेष्ठ (छोरा सविस श्रेष्ठसहित) नेपाली क्रिकेट टिमको हौसला बढाउन नेपाल—अमेरिका हुँदै वेष्ट इण्डिजसम्म पुगेका थिए । काठमाडौँबाटै नेपाली टोलीको जर्सी लगाएर अमेरिका—वेष्ट इण्डिज पुगेका उनीहरू टि—ट्वान्टी विश्वकपअन्तर्गत नेपालका सबै खेल हेर्न ढाकाटोपी राष्ट्रिय झण्डासहित स्टेडियममा उपस्थित भएका थिए।

Advertisement
ADVERTISEMENT

सोमबार बंगलादेशविरुद्धको खेल हुँदै गर्दा किङ्गसटाउन स्टेडियममा उपस्थित सेन्ट भिनसेन्ट एण्ड द ग्रिनाडिनेसका प्रधानमन्त्री राल्फ गोन्साल्भेसलाई उनीहरूले नेपाली टोपी लगाइदिँदै काँधमा राष्ट्रिय झण्डासमेत ओडाइदिएका थिए ।

क्रिकेटप्रेमी मधुकर राजभण्डारीका अनुसार नेपाली क्रिकेटका जर्बजस्त फ्यानहरू देखेर प्रधानमन्त्री गोन्साल्भेस चकित परेका थिए । प्रधानमन्त्री गोन्साल्भेसले नेपाल यसपटक लिग चरणबाटै बाहिरिए पनि नेपाली टिमको भविष्य उज्ज्वल रहेको बताएका थिए ।

शेयर गर्नुहोस:

216
Shares