मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
खेलकुद   

नेपाल आज महत्त्वपूर्ण क्रिकेट म्याच खेल्दै

नेपाल आज महत्त्वपूर्ण क्रिकेट म्याच खेल्दै

हिमालयखवर पनि सेन्ट भिन्सेण्टमा

तस्बिर: सामाजिक संजाल

सेन्ट भिन्सेण्ट-  नेपालले टी २० क्रिकेट विश्व कपमा आज शुक्रवार सांझ दक्षिण अफ्रिकासंग महत्वपुर्ण म्याच खेल्दै छ । दक्षिण अफ्रिका निकै बलियो टिम हो । यस पटक विश्वकपमा खेलका तिन म्याच जितेर दक्षिण अफ्रिकाले सुपर सिक्समा स्थान वनाईसकेको छ ।

दक्षिण अफ्रिकाका लागि यो म्याच खालि समुहमा उच्च अंक लिई माथिल्लो स्थानमा रहने सम्मको लागि आवश्यकता छ ।

Advertisement
ADVERTISEMENT

नेपालले भने एउटा म्याचमा पराजित र अर्को रद्द भएकाले सुपर ८ मा प्रवेश गर्न आज दक्षिण अफ्रिकालाई हराउनै पर्ने वाध्यता छ । निदरल्याण्डसंग पराजित भएको नेपालले श्रीलंकासंग पानी परेका कारण खेल हुन नसक्दा १, १ अंक लिई चित्त वुझाउनु परेको थियो ।

खेल हो आशा गरौं आज नेपालले जित्ने छ । तर, यो जितले पनि नेपाललाई सुपर ८ मा भने पुर्याउने छैन । बंगलादेशलाई पनि जित्नु पर्ने छ । तर, आज नेपालले जितेको खण्डमा सुपर ८ मा जान बंगलादेश र नेपाल दुवैलाई जित्नै पर्ने वाध्यता हुने छ । खेल निकै रोमाञ्चक मोडमा पुग्ने छ ।

आजको खेलमा जितको संभावना भने दक्षिण अफ्रिकालाईनै देखाईएको छ । विभिन्न तथ्यांकका आधारमा कम्यूटरले तयार गर्ने संभावना प्रतिशतमा नेपालले जित्ने संभावना जम्मा ६ प्रतिशत देखाईएको छ । साउथ अफ्रिकाको पक्ष्ँमा ९४ प्रतिशत छ ।

विभिन्न तथ्यांकका आधारमा कम्यूटरले तयार गर्ने संभावना प्रतिशतमा नेपालले जित्ने संभावना जम्मा ६ प्रतिशत देखाईएको छ । साउथ अफ्रिकाको पक्ष्ँमा ९४ प्रतिशत छ ।

तर, खेल हो उलटफेर हुन सक्छ । पाकिस्तान अमेरिकासंग हारेको छ । यदी आजको म्याच नेपालले जित्यो भने यो पनि एउटा उलटफेर नै हुने छ ।

आजको म्याचमा सन्दिप लामिछानेले पनि खेल्ने वताईएको छ । यौन विवाद पनि महत्वपुर्ण खेल खेल्न लागेका सन्दिपले कस्तो प्रर्दशन गर्छन यो चासो को विषय छ ।

हिमालयखवरका को एडिटर सुजन पण्डित नेपालको खेलको कभरेजका लागि सेन्ट भिसेन्ण्ट पुग्नुभएको छ । हामी त्यहांवाट पनि खेलका वारेमा जानकारी दिने छौ ।

शेयर गर्नुहोस:

189
Shares