मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

गीतकार बिटु केसीको नयाँ गजल सार्वजनिक

गीतकार बिटु केसीको नयाँ गजल सार्वजनिक


काठमाडौं ,नेपाल । चर्चित गायक तथा संगितकार राज सागरको स्वरमा गितकार बिटु केसीको नयाँ गजल हिजो बिहिवार यूटुब मार्फत सार्वजनिक गरिएको छ।

” तिमी छौ त्यसैले यो जीवन खास लाग्छ …..” प्रेमील बोलको सुमधुर गजलको संगित सृजना राज सागरले नै गरेका हुन् ।

Advertisement

गितकार केसीले आफ्नो श्रीमान तारा बरालको जन्म दिनको अवसर पारेर यो गजल सार्वजनिक गरेको जानकारी गराइएको छ । संगितकार राज सागरलाई गजलका शब्दहरुले मन छोएपछि उनले आफ्नै अग्रसरतामा यसमा संगित भरेका थिए ।

डिल्लीबजार स्थित भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको यो गजलको म्युजिक एरेन्जर उदयराज पौडेल हुन् । गजलको मिक्सीङ, मास्टरिङ र रेकर्डिस्ट दिप घटानी हुन् । यस अघि गितकार बिटु केसीका सातवटा गीत र गजलहरु बजारमा आइसकेका छ्न् ।

गितकार केसी हिमालयखबर डटकममा सम्पादन सहयोगी छिन् । पुरै गजल सुन्न तल दिइएको लिंकमा क्लिक गर्नुहोला ।

शेयर गर्नुहोस:

5.1k
Shares