मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मनोरञ्जन   

गीतकार बिटु केसीको नयाँ गजल सार्वजनिक

गीतकार बिटु केसीको नयाँ गजल सार्वजनिक


काठमाडौं ,नेपाल । चर्चित गायक तथा संगितकार राज सागरको स्वरमा गितकार बिटु केसीको नयाँ गजल हिजो बिहिवार यूटुब मार्फत सार्वजनिक गरिएको छ।

” तिमी छौ त्यसैले यो जीवन खास लाग्छ …..” प्रेमील बोलको सुमधुर गजलको संगित सृजना राज सागरले नै गरेका हुन् ।

गितकार केसीले आफ्नो श्रीमान तारा बरालको जन्म दिनको अवसर पारेर यो गजल सार्वजनिक गरेको जानकारी गराइएको छ । संगितकार राज सागरलाई गजलका शब्दहरुले मन छोएपछि उनले आफ्नै अग्रसरतामा यसमा संगित भरेका थिए ।

डिल्लीबजार स्थित भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको यो गजलको म्युजिक एरेन्जर उदयराज पौडेल हुन् । गजलको मिक्सीङ, मास्टरिङ र रेकर्डिस्ट दिप घटानी हुन् । यस अघि गितकार बिटु केसीका सातवटा गीत र गजलहरु बजारमा आइसकेका छ्न् ।

गितकार केसी हिमालयखबर डटकममा सम्पादन सहयोगी छिन् । पुरै गजल सुन्न तल दिइएको लिंकमा क्लिक गर्नुहोला ।