मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

प्रवासी नेपालीहरुले सञ्चालन गर्न लागेको ‘अर्जेन्ट कियर क्लिनिक’ को तयारी पूरा

प्रवासी नेपालीहरुले सञ्चालन गर्न लागेको ‘अर्जेन्ट कियर क्लिनिक’ को तयारी पूरा

जुन १८ मा औपचारिक उद्घाटन, जुन १९ बाट नियमित सेवा सञ्चाल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको म्यासाच्युसेट्स राज्यमा प्रवासी नेपालीहरुले सञ्चानलमा ल्याउन लागेको अर्जेन्ट कियर क्लिनिक(Urgent Care Clinic) को तयारी पूरा भएको छ। प्रवासी नेपालीहरुको लगानी र व्यवस्थापनमा सञ्चालन हुनलागेको उक्त क्लिनिकको औपचारिक रुपमा सञ्चान गर्ने तयारी पूरा भएको व्यवस्थापनले जनाएको छ। उक्त क्लिनिक अमेरिकाको ऐतिहासिक सहर बोस्टन नजिकै रहेको नरउड टाउन( Norwood Town)को 956 Boston Providence Tpke Norwood, MA-02062 मा अवस्थित रहेको छ।

क्लिनिकका बजार तथा व्यापार निर्देशक उमेश पनेरुले दिएको जानकारी अनुसार, यही आउदो जुन ८ तारिख शनिवारका दिन बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सर्वसाधारणका लागि क्लिनिक खुला गरिने भएको छ। यस दिन मुख्य गरी नेपाली समुदायलाई सेवा स्थलको अध्ययन अवलोकन गराउने लक्ष्यका साथ ओपन हाउस(Open House) राखिएको निर्देशक पनेरुले बताए। उनका अनुसार जुन १८ तारिख मंगलवार क्लिनिकको औपचारिक रुपमा उद्घाटन गरी १९ तारिख बुधवारबाट नियमित सेवा सुचारु गर्ने तयारी गरिएको छ।

क्लिनिकले नरउड टाउन तथा आसपासका क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुलाई लक्षित गरी गुणस्तरीय तत्काल हेरचाह(Urgent Care)स्वास्थ्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको छ। व्यवस्थापनले यस अघि गत मार्च महिनाको अन्तिम साताबाट आफ्ना सेवाहरु प्रदान गर्न सुरु गर्ने लक्ष्यसहित तयारी थालेको थियो। तर, केही प्राविधि कारण क्लिनिक सञ्चालनमा ल्याउन ढिलाइ हुन पुगेको क्लिनिक व्यवस्थापनले जनाएको छ। क्लिनिकका बजार तथा व्यापार निर्देशक पनेरुले जुन ८ तारिख शनिवारका दिन क्लिनिकको अध्ययन अवलोकन गरी भावी दिनहरुमा क्लिनिकले प्रदान गर्ने सेवाहरु लिएर लाभान्वित हुन व्यवस्थापनको तर्फबाट नेपाली समुदायलाई आव्हानसमेत गरेका छन्।

उक्त अर्जेन्ट कियर क्लिनिक(Urgent Care Clinic) स्वास्थ्य, व्यवस्थापन र व्यापार क्षेत्रमा सक्रिय प्रवासी नेपालीहरुले सन् २०२२ मा खोलेको एक कम्पनीले सञ्चालन गर्दैछ। जसले सन् २०२३ भित्र नै आफ्ना सेवाहरु प्रदान गर्न सुरु गर्ने लक्ष्य राखेर तयारीको कामलाई तिब्रता दिएको थियो। कम्पनीले अमेरिकामा स्वास्थ्य क्षेत्रमा स्थापित अमेरिकन फेमिली केयर(American Family Care-AFC) को फ्रेन्चाइज्ड(Franchised)लिएर अर्जेन्ट कियर क्लिनिक(Urgent Care Clinic)सञ्चान गर्न लागेको हो। निकट भविश्यमै अमेरिकाको बोस्टन सहर निटक रहेको अर्को राज्य न्यू हेमसायरमा पनि आफ्नो सेवा विस्तार गर्ने गरी आवश्यक तयारीका कामहरुलाई तिब्रता दिइरहेको छ।