मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
राजनीति-समाज   

कोलोराडोमा नेपाली भाषा पाठशाला सुरू

कोलोराडोमा नेपाली भाषा पाठशाला सुरू

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । कोलोराडो राज्यको अरोरामा र वेष्टमिनिष्टरस्थित नेपाली घरमा नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ ।

अरेराको पाठशाला साना भाइ लहन शाक्यले रिबन काटेर पाठशालाको औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स-साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले विगत ५ वर्षदेखि निरन्तरता दिँदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारीले यस वर्ष स्कुल सञ्चालनमा सहयोगी नियमित तथा अतिथि शिक्षक/शिक्षिकाहरू एवं स्वयंसेवक/सेविकाहरूको परिचय गराएका थिए । अनेसासले गत वर्षदेखि यो स्कुल चलाउन सघाउँदै आएको छ भने उत्तरी क्षेत्रका लागि दिदीबहिनी समूहलगायत अन्य सामाजिक संस्थाहरूको सहयोगमा नेपाली घरमा विगत तीन वर्षदेखि नेपाली भाषा सञ्चालन गरिँदै आएको छ ।

अरोरा पाठशालाको सुरू दिनमा उद्घाटनसँगै विद्यार्थी भर्ना, सामान्य ब्ककभककmभलत त्भकत र विद्यार्थीलाई पाठ्य सामग्री सहितको फोल्दर वितरण गरिएको थियो । आज नेपाली भाषा पाठशाला अरोरामा जम्मा ३५ जना बालबालिकाको भर्ना गरियो भने थप दश जना अर्को हप्ताबाट जोडिने स्कूल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य राजेन्द्र सिग्देलले बताएका छन् ।

त्यस्तै गरेर नेपाली घरमा आजकै दिनबाट सुरू गरिएको पाठशालामा ४८ जना बालबालिकाहरू भर्ना गरिएको र थप ८ जना पनि जोडिने भएको अनेसास कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले बताएका छन् ।