मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
यो कथा होइन   

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन् ।

न्यूयोर्कस्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ । अब यसको सजायको सुनुवाई जुलाई ११ मा हुने बताइएको छ । उनीहरुले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरुलाई जरिवाना आदि लाग्ने उच्च सम्भावना छ ।

तर सबैभन्दा नराम्रो अवस्थामा, उनी जेलमा परे भने पनि ट्रम्प उम्मेद्वार रहन सक्छन् र जेलबाटै अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छन् । सजाय पाएका व्यक्तिले राष्ट्रपतिको चुनाव कसरी लड्न सक्छन् ?

जर्ज वाशिंगटन १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यसपछि राष्ट्रपति पदको उम्मेदवारीको लागि कानूनी योग्यताको नियम परिवर्तन भएको छैन । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि आवश्यक योग्यता भनेको उनीहरू अमेरिकामा जन्मिएको र निश्चित उमेर (३५ वर्षभन्दा माथि) भएको रहेको छ ।

गृहयुद्धपछि अमेरिकाविरुद्ध विद्रोहमा संलग्न व्यक्तिहरूलाई रोक्नको लागि १४ वर्षसम्म अमेरिकामा बसेको हुनुपर्ने नियम पनि लागू गरियो ।

यद्यपि, सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प विरुद्ध यो नियम प्रयोग गर्ने कुनै पनि सम्भावनालाई अस्वीकार गरेको छ । तर सजाय पाएका व्यक्तिलाई ह्वाइट हाउसको लागि उम्मेदवार बन्न कुनै बाधा हुने छैन ।

संविधान लेख्नेहरूले राष्ट्रपति को बन्ने भन्नेमा धेरै प्रतिबन्ध लगाएनन् र यही नीतिका कारण तीन जना उम्मेदवारले जेलबाटै राष्ट्रपतिको प्रचारप्रसार गरेका थिए ।
जसमध्ये युजीन डेब्स जेलमा हुँदा १९२० मा राष्ट्रपतिको दौडमा रहेका सबैभन्दा महत्त्वपूर्ण उम्मेद्वार थिए ।

उनी २०औं शताब्दीको प्रारम्भमा अमेरिकाको समाजवादी पार्टीको एक प्रमुख सदस्य बने । उनी सन् १९०४, १९०८, १९१२ र १९२० मा राष्ट्रपतिको उम्मेदवार बनेका थिए । उनी देशद्रोहको दोषी ठहरिए र अप्रिल १९१९ मा जेल पठाइयो । जेलमा रहँदा उनले अर्को वर्ष चुनाव लडेका थिए ।

लिन्डन लारोचेले पनि जेलमै रहेका बेला राष्ट्रपतिको उम्मेदवार बनेका थिए । १९७६ देखि २००८ सम्म, उनको नाम प्रत्येक चुनावमा मतपत्रमा लोकतान्त्रिक वा कुनै अन्य पार्टीको उम्मेदवारको रूपमा देखा पर्यो ।

१९८९ मा उनी मेल धोखाधडीको दोषी ठहरिए र १५ वर्षको जेल सजाय पाए । त्यसपछि १९९२ को चुनाव आयो र उनी उम्मेदवार बने । उनले २७ हजार मत पाएका थिए । पछि उनको सजाय घट्यो र उनी पनि १९९४ मा जेलबाट रिहा भए । त्यसपछि उनले सन् १९९६, २०००, २००४ र २००८ को राष्ट्रपतीय निर्वाचनमा पनि भाग लिए ।

त्यस्तै जोसेफ स्मिथले पनि जेलबाट राष्ट्रपतिको चुनाव लडेका थिए । उनी जेलमै रहेको बेला सन् १८४४ को चुनावमा सुधार पार्टीका उम्मेदवार थिए । पार्टीले बहुविवाहलाई बढावा दिएको थियो र स्मिथको विचारलाई प्रचार गरेको थियो । उनका २० श्रीमती रहेको बताइन्छ ।

जोसेफ माल्डोनाडो-प्यासेजले पनि आगामी नोभेम्बरमा हुने निर्वाचनमा लड्ने घोषणा गरेका छन्।

२०२० मा, नेटफ्लिक्स डकुमेन्ट्री ‘टाइगर किंग’का स्टार र जोए एक्सोटिक भनेर चिनिने जोसेफले डेमोक्रेटका रूपमा चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । उनी पशु क्रूरता र प्रतिद्वन्द्वी चिडियाखाना मालिकको हत्या गर्ने षड्यन्त्रको आरोपमा २० वर्षको जेल सजाय काटिरहेका छन् । उनी चुनावमा उम्मेदवार बनेमा अहिलेसम्म जेलबाट चुनाव लड्ने चौथो उम्मेदवार हुनेछन् ।

अब ट्रम्पले उनी दोषी ठहरिएको आरोपमा जेल सजाय भएमा जेलबाट चुनाव लड्ने अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनसक्छन् । उनी जेलमा नपरे पनि ध्रुवीकृत राष्ट्रको आधा भागका लागि सजाय पाएको उम्मेदवार भने हुनेछन् । उनको दल रिपब्लिकनका धेरै जस्तो मतदाता ट्रम्प जेल नपरे पनि उनलाई मत दिने या नदिने विषयमा विभाजित हुने बताइएको छ ।