मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
न्युयोर्क   

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर

जुलाई ११ मा जेल जाँदै

तस्बिर: न्युयोर्क टाइम टाईम

न्यूयोर्क (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतबाट दोषी ठहरिएका छन् ।

सन् २०१६ मा राष्ट्रपति निर्वाचनको प्रचार प्रसारको क्रममा उनले एकजना पोर्नस्टारसँग सम्बन्ध राखेको र चुनावी प्रयोजनका लागि संकलन भएको चन्दाबाट रकम तिरेको विषयलाई लिएर न्यूयोर्कको अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो । अब ट्रम्पले जुलाईमा जेल जानुपर्नेछ ।

Advertisement

३४ वटा गल्ती गरेको र ढाँटेको अभियोगमा न्यूयोर्क राज्यको सर्वोच्च अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो । सन् २०१६ को चुनावी प्रचारको क्रममा ट्रम्पले सम्बन्ध राखेका पोर्नस्टार बाहिर आएपछि तिनलाई चुप लगाउन चन्दाको लागि संकलन भएको रकमबाट भुक्तानी गरिएको थियो । त्यतिखेर ती पोर्नस्टारलाई ट्रम्पको चुनावी क्याम्पेन फण्डबाट एकलाख ३० हजार डलर दिएर मुखबुजो लगाइएको थियो ।

अमेरिकी इतिहासमा डोनाल्ड ट्रम्प फौजदारी अभियोगमा दोषी प्रमाणित हुने पहिलो राष्ट्रपति भएका छन् । २० जना साक्षी एवं प्रत्यक्षदर्शीहरुसँग अदालतले लामो समयसम्म लिएको वयान र अनुसन्धानबाट पूर्ब राष्ट्रपति ट्रम्प दोषी ठहर भएका हुन् ।

शेयर गर्नुहोस:

7.6k
Shares