मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   

अमेरिकामा नुवाकोटेहरुको नयाँ संस्था

अमेरिकामा नुवाकोटेहरुको नयाँ संस्था

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोटबाट आएर अमेरिकामा बस्ने नेपालीहरुले अन्तराष्ट्रिय नुवाकोट समाज  (International Nuwakot Society- INS) नामको नयाँ संस्था दर्ता गरेकाछन्। अमेरिकी राज्य क्यालिफोर्नियामा दर्ता भएको नुवाकोट समाजमा संसार भर रहेका नुवाकोटेहरु सहभागी हुन सक्ने प्रावधान रहेको संस्थाका पदाधिकारीहरुले बताएकाछन्।

हाल क्यालिफोर्नियामा बसिरहेका नुवाकोटका इन्द्र सिटौलाको अध्यक्षतामा नव गठित अन्तराष्ट्रिय नुवाकोट समाजमा २१ सदस्यीय कार्यसमिति , २४ सदस्यीय सल्लाहकार समिति र बिभिन्न देशका १७ जना सम्पर्क संयोजकहरु रहेकाछन्। गत आइतवार भर्च्यूअल प्लेटफर्म ‘जुम’ मार्फत आयोजित प्रवासी नुवाकोटेहरुको भेलाबाट सर्वसम्मत नयाँ कार्यसमितिको चयन भएको हो।

प्रवासमा नेपालीहरुको सस्थाको भिडमा एउटा थप नेपाली संस्थाको गठन भएको छ। नेपालीहरु जहाँ जान्छन् त्यहाँ आफू अनुकुल संस्थाहरु बनाइहाल्छन् भन्ने स्थापित मान्यता नै भइसकेको छ। कतिपय संस्थाहरु सामाजिक काम कम, राजनीति धेरै गर्न सक्रिय भएका देखिन्छन्। संस्थाहरुको भिडमा थपिएको नयाँ संस्था आइएनएसले नुवाकोटबाट बाहिरिएका संसार भर रहेका नुवाकोटे र नुवाकोट लक्षित सामाजिक गतिविधि गर्ने उद्देश्य राखेको नवगठित समाजका अध्यक्ष सिटौलाले बताएका छन्।

नेपालीहरु पद बाँड्न नयाँ संस्था बनाउँछन् भन्ने प्रतिक्रिया धेरै सुनिने गरिएको छ। आइएनएसका हकमा समेत १७सदस्यीय कार्यसमितिको २४ सदस्यीय सल्लाहकार समिति बनाएको भन्ने टिप्पणी सुनिएको भएपनि समाजले असल सामाजिक गतिविधिहरु मार्फत त्यस्ता टिप्पणीहरुको जवाफ दिने नवगठित अन्तर्राष्ट्रिय नुवाकोट समाजका पदाधिकारीहरुले हिमालय खबरलाई जानकारी गराएका छन्।