मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   

कोलोराडोमा विश्व शान्तिका महानायक गौतम बुद्धको २६४८ औं जन्म जयन्ती मनाइदै

कोलोराडोमा विश्व शान्तिका महानायक गौतम बुद्धको २६४८ औं जन्म जयन्ती मनाइदै


कोलोराडो, अमेरीका- विश्व शान्तिका महानायक नेपालका राष्ट्रिय बिभुती शाक्यमुनी गौतम बुद्धको २६४८ औं जन्म जयन्ती कोलोराडो निवासी नेपाली भाषीहरूले बिभिन्न कार्यक्रमका साथ मनाउने भएका छन् ।

बौद्ध समाज कोलोराडोको आयोजनामा बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसार भर फैलाउन बुद्ध जयन्तीको अवसर पारेर ध्यान साधना, पुजा, बुद्धको जिवनीमा आधारित नाटक प्रर्दशन गर्न लागिएको हो ।

Advertisement
ADVERTISEMENT

यहि मे २६ तारिक आइतबार बिहान ११ बजे देखी दिउसो २ बजे सम्म Centennial city स्थित Community Room मा शान्तिका दुत भगवान गौतम बुद्धको लामागुरुबाट पुजापाठ गरी कार्यक्रम शुभारम्भ हुने बौद्ध समाज कोलोराडोका सचिव सञ्जय शाक्यले बताएका छन् । यस अघीका बर्षहरुमा Denver downtown शोभायात्रा हुने गरेकोमा यस बर्ष त्यहां पुन निर्माणको काम भइरहेको हुनाले Centennial city मा कार्यक्रम हुनलागेको सचिव शाक्यले बताएका हुन ।

आयोजक संस्थाका पदाधिकारीहरुले आधुनिक संचारका बिभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, बिभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोबास गरिरहेका बौद्ध धर्मालम्बी, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानिय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरिरहेका छन् ।

उनीहरुले सहभागीहरुलाई आफ्ना घरमा भएका बुद्धको तस्विर, संस्थाका ब्यानर, प्रतिमा, ध्वजा पतंगा, बुद्धका महाबाणीहरु संगटिएको प्लेकार्ड लिई नेपालको राष्ट्रियता झल्कने पोशाकमा उपस्थित हुन सबैलाई अनुरोध गरेका छन् ।

शेयर गर्नुहोस:

864
Shares