मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
टेक्सस   
मुख्य समाचार   

सन्दीप भिसा प्रकरण

सन्दीप भिसा प्रकरण

बिहीबार पुनः आवेदनको तयारी


ड्यालस (अमेरिका) । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई प्रवेशआज्ञा (भिसा) दिन अमेरिकाले अस्विकार गरेको छ ।

आउँदो महिना अमेरिकामा हुन लागेको विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालबाट थपिएका खेलाडी लामिछानेलाई भिसा दिन काठमाडौं स्थित अमेरिकी दुतावासको कन्सुलर शाखाले अस्विकार गरेको हो । उनलाई भिसा दिन अस्विकार गरेपछि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गुहारेका छन् ।

बिबिसी नेपाली सेवासँगको कुराकानीमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीसँग कुरा गरेर अमेरिकी दुतावासमा पत्र लेखाउने बताएका छन् । तर प्रधानमन्त्री दाहालको तर्फबाट भने दुतावासलाई पत्र लेख्न असहमति जनाइएको छ ।

‘भिसा जस्तो विषयमा प्रधानमन्त्रीकै तहबाट पत्र लेख्ने, नोट पठाउने भन्ने कुरा सुहाउने कुरा होइन । भिसा दिने, नदिने कुरा दुतावासको अधिकारको कुरा हो । यसको लागि परराष्ट्र मन्त्रालयले गर्ने हो, प्रधानमन्त्रीको तहबाट यो काम गर्ने भन्ने सुहाउने कुरा होइन’ प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोबिन्द आचार्यले हिमालयखबरसँग भने ।

बलात्कारको अभियोगमा जिल्ला अदालतले दोषी ठहर्याएपछि लामिछानेको भिसा दुतावासले रद्ध गरेको थियो । तर गत साता उच्च अदालत पाटनले जिल्ला अदालतको निर्णयलाई उल्टाउँदै सफाइ दिएपछि क्यानले विश्वकप खेल्न पठाउने निर्णय गरेको हो ।

तर दुतावासले भिसा रद्ध गरिसकेका कारण उनले पुनः भिसा आवेदन गरे । बुधबार भिसाको लागि इन्टरभ्यू रहेकोमा दुतावासले लामिछानेलाई भिसा दिन अस्विकार गरेको हो ।

क्यानले दुतावासलाई दवाव दिएर लामिछानेलाई भिसा दिलाउन प्रधानमन्त्रीलाई गुहार गरेपनि दाहालले आफ्नो तर्फबाट यो काम नहुने भन्दै परराष्ट्र तिर पन्छाइदिएको स्रोतले बताएको छ । ‘देशको

कार्यकारीको आफ्नै इज्जत र मर्यादा हुन्छ । भिसाको लागि नोट लेख्नै हिड्न प्रधानमन्त्रीको तहबाट सुहाउने कुरा होइन’ स्रोतले भन्यो ।

अर्को स्रोतका अनुसार लामिछानेको भिसाको लागि नेपाली समय अनुसार बिहीबार अमेरिकी दुतावासमा पुनः पहल हुँदैछ । ‘यदी भिसा मिलेमा लामिछाने बिहीबार साँझै अमेरिका उँड्नेछन्’ क्यान कार्यकारी समितिका सदस्य दुर्गाराज पाठकले भने ।

अमेरिकाले महिला संबन्धि मुद्धामा सजायँ पाएका, जेल परेका, चारित्रीक विषयमा विवाद परेका सेलिब्रेटीहरुलाई समेत भिसा अस्विकार गर्दै आएको छ ।

यस पटकको विश्वकप क्रिकेटमा नेपालले आउँदो जुन ४ तारिक नेदरल्याण्डसँग ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने ग्राण्डपेरी सिटीको क्रिकेट रंगशालामा खेल्नेछ । बिहान साढे १० बजेबाट खेल सुरु हुनेछ । त्यस्तै नेपालले दोस्रो खेल जुन ११ तारिक फ्लोरिडाको लाउडरहिडमा श्रीलंकासँग खेल्नेछ ।

यसअघि वार्मअप खेलका रुपमा नेपालले मे २७ तारिक क्यानडासँग र ३० तारिक अमेरिकासँग खेल्ने खेल तालिका रहेको छ । अमेरिका र क्यानडासँगका दुबै खेल ग्राण्डपेरी रंगशालामा हुनेछन् ।