मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

समरभिल नेपाली सांस्कृतिक महोत्सव-२०२४को तयारीमा एनआरएनए जुट्यो

समरभिल नेपाली सांस्कृतिक महोत्सव-२०२४को तयारीमा एनआरएनए जुट्यो

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यतिबेला गैर आवासीय नेपाली संघ, (NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टर ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव-२०२४’(Summerville Nepali Cultural Festival)को तयारीमा जुटेको छ। एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर र समरभिल सिटी अन्तर्गतको समरभिल कला परिषद एवम् समरभिभा: आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा यही आउदो २०२४, जुन १ तारिख शनिवारका दिन अपरान्ह साँडे तीन बजेदेखि साँझ साँडे ८ बजेसम्म union square, Somerville मा हुनगइरहेको उक्त महोत्सवको तयारीमा जुटेको हो।

नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा, पहिरनआदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका उपाध्यक्ष एवम् ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव-२०२४’का संयोजक राजु गुरुङले जनाए अनुसार कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन तयारीलाई तिब्रता दिइएको छ। उनका अनुसार कार्यक्रमको मिति नजिकिदै गर्दा तयारीलाई तिब्रता दिन एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङको विशेष उपस्थितिमा गत आइतबार च्याप्टर अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा हालसम्म भएका तयारीका कामहरु र गर्नु पर्ने थप तयारीका सम्बन्धमा छलफल गर्नुकासाथै कार्य विभाजनसमेत गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए।

उनका अनुसार उक्त महोत्सवमा नेपाली गीत संगीत, भाषा, भेष भूषा, रितिरिवाज, परम्परा, चालचलन आदि झल्किने गरी मनोरन्जनात्मक विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको छ। आयोजकले उक्त सांस्कृतिक कार्यक्रममा नेपालमा रहेका विभिन्न जातजातिहरुको पहिचान झल्काउदै नेपाली समाजको सुन्दर विशेषता ‘विविधताका बिच एकता’ लाई विश्व सामु सक्दो उजागर गर्ने तयारी गरेको छ।

उक्त सांस्कृतिक कार्यक्रममा आर्य, नेवारी, गुरुङ, तामाङ, राईलगायत अन्य जातजातिहरुले आआफ्नो जातीय पहिचान झल्काउने गरी सांगीतिक प्रस्तुति पनि पस्कने तयारी भइरहेको बुझिएको छ। संयोजक गुरुङले जानकारी दिए अनुसार उक्त महोत्सवमा नेपालीपन र पहिचान झल्काउने स्वादिष्ट नेपाली परिकारहरु र सरसामानहरुको स्टलहरु पनि राखिने भएको छ। उक्त कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सबैको साथ सहयोग र सहभागिताको खाँचो औल्याउदै कर्यक्रम संयोजक गुरुङले सम्पूर्ण न्यू इंग्ल्याण्डवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेका छन्।

म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकाछन्। उक्त कार्यक्रम प्रवासी नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउदै अध्यक्ष श्रेष्ठले मनोरञ्जनात्मक एवम् गौरवपूर्ण उक्त कार्यक्रममा सहभागी भइदिन सबै नेपाली समुदायलाई अनुरोध गरेका छन्। कार्यक्रममा सहभागी हुन चुले निम्तो दिदै उनले भने, ‘यो नेपाल र नेपालीलाई विश्व सामु चिनाउने र नेपाली समाजको महत्वपूर्ण पहिचान र विशेषता ‘विविधतामा एकता’लाई पुष्टि गर्ने अवसर हो। त्यसैले कार्यक्रमलाई सफल बनाउन सबै नेपाली समुदाय एकजुट हौं।’

अमेरिकाको यस न्यू इंग्ल्याण्ड क्षेत्रमा करिब २० देखि २५ हजारको हाराहारीमा नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको छ। लामो समयदेखि नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरुले यस क्षेत्रमा रहेका नेपाली भाषीहरुको पहिचान तथा उथ्थानका लागि संगठित भएर विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेका छन्।