मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेजाको १७औं साधारणको तयारी अन्तिम चरणमा

नेजाको १७औं साधारणको तयारी अन्तिम चरणमा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई भव्यताकासाथ सफल बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जनाएका छन्। उक्त साधारण सभा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुनगइरहेको छ। कार्यक्रम तालिका असार मे २५ तारिख शनिवार साँझ ५ बजे साधाण सभाको उद्घान गर्ने गरी आवश्यक तयारी गरिएको छ।

तयारीका सम्बन्धमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई सक्दो उपलब्धिमूलक बनाउनका लागि उपलब्ध साधान, श्रोत र क्षमताले भ्याएसम्म आवश्यक पर्ने तयारीमा कुनै कसर बाँकी राखिने छैन।’ उनले थपे, ‘यो संस्थाको महत्वपूर्ण उत्सवको क्षण हो। यसलाई हामीले सोही मुताबिक मनाउने गरी तयारी गरेका छौं। आशा छ कि हामी यसमा सफल हुनेछौं। र, साधारण सभाले भावी यात्राका लागि सही र ठोस मार्ग निर्देश गर्ने नै छ।’

साधारण सभा मूल आयोजक समितिका संयोजक बस्नेतका अनुसार बासस्थान, कार्यक्रम स्थल, भोजन र यातायातको व्यवस्थापकीय कार्य पुरा भैसकेको छ। कार्यक्रमका लागि चाहिने व्यानरहरु तयार भैसकेका छन् भने, आवश्यक मसलन्दहरुको पनि व्यवस्था गरिसकिएको छ। त्यसैगरी प्रमुख अतिथि, अतिथिहरू, संस्थाका सदस्य ज्यूहरुलगायत सरोकारवाहरुलाई आधिकारिक निमन्त्रणा गर्ने कार्य पनि सम्पन्न भैसकेको छ। साधारण सभामा प्रस्तुत हुने प्रतिवेदनहरु तयार भैसकेको र संस्थाले हरेक साधारण सभाको अवसर पारेर प्रकाशित गर्ने स्मारिक ‘प्रयास’ पनि प्रकाशनको अन्तिम चरणमा रहेको संयोजक बस्नेतले जानकारी दिए। उनले नेजा सदस्यहरुलाई बोस्टनमा स्वागत गर्न आफू, नेजा परिवार र स्थानीय नेपाली समुदाय आतुर रहेको जनाउदै तयारीका क्रममा प्रतक्ष्य परोक्ष साथ सयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन्।