मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

टेक्ससमा बुद्ध जयन्ति सुरू

टेक्ससमा बुद्ध जयन्ति सुरू

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । बुद्ध जयन्तिको अवसरमा आइतबार अमेरिकाको ड्यालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा प्रभातफेरि सहित विशेष कार्यक्रम सम्पन्न भएको छ ।

भगवान बुद्धको प्रतिमा सहितको सांस्कृतिक झाँकीले पशुपतिनाथ तथा बुद्ध मन्दिर परिक्रमा गरेको थियो । बौद्ध धर्मका गरुहरु सहित बाजागाजा सहितको नेपाली पोशाकमा रहेको झाँकी सहितको टोली मन्दिरमा पुगेर ध्यान, प्रवचनमा संलग्न भएको थियो ।

नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सस र नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा टेक्सस राज्यका सांसद सलमान भोजनी, युलेस सिटी काउन्सिलका सदस्यहरूको समेत सहभागिता थियो । कार्यक्रमका लागि फ्लोरिडा र टेक्ससका ७ जना बुद्ध भिक्षुहरू सहभागी भएका थिए ।

तीन दिने बुद्ध जयन्ति कार्यक्रमको उदघाटन टेक्सस राज्य सांसद भोजनीले गरेका थिए । भोजनीले गत वर्ष टेक्ससको तल्लो सदनमा बुद्ध पूर्णिमालाइ पवित्र दिनका रूपमा लिन विशेष प्रस्ताव दर्ता गरेका छन् ।

बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भने यही मे २३ तारिक साँझ आयोजना हुने जनाइएको छ ।