मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

अन्तराष्ट्रिय सगरमाथा दिवसमा अलास्कामा पर्वतीय खाना महोत्सव हुने

अन्तराष्ट्रिय सगरमाथा दिवसमा अलास्कामा पर्वतीय खाना महोत्सव हुने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क – नेपाली खानालाई अन्तराष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले अमेरिकाको अलास्कामा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव २०२४” हुने भएको छ । अन्तराष्ट्रिय सगरमाथा दिवश मे २९ तारिखको अबसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा सो कार्यक्रम हुन लागेको हो । विहान साँडे ११ बजेदेखि दिउसो २ बजेसम्म सो खाना महोत्सव हुनेछ।

‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप न्यूयोर्कको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो। पर्वतीय क्षेत्रका परिकार ढिडो, गुन्द्रुक, मःम , शेर्पा समुदायमा प्रख्यात थेन्दूक रिल्दोक, नून चिया, नेपाली थालीलगायतका खाना सो महोत्सवमा प्रदर्शन गरिने छ ।

अमेरिकाका भर्जिनिया राज्यका कहलिएका रेण्टुरेण्ट व्यबसाय एवं क्लुनरी आर्टिस्ट राम थापा र प्रख्यात फूड गुरु सुरेशचन्द्र बस्नेतले बनाएका परिकार डेनाली हिमाल आरोहणमा जाने आरोहीसंगै स्थानीय आन्तरिक र बाह्य पर्यटकले खान पाउनेछन् ।
डेनाली हिमाल चढ्न जानेहरुको लागि नाम्चे बजारजस्तै मानिने एन्करेजमा पहिलो पटक यस्ता नेपाली परिकारको स्वाद पर्यटकले पाउन लागेको कार्यक्रम संयोजक सुरेश बस्नतेले बताए ।
बस्नेतका अनुसार अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली रहेको अलास्का क्षेत्रबाट यो अभियान शुरु गरिएको हो। त्यसपछि, एशियामा रहेको बिश्वको सबैभन्दा अग्लो सगरमाथासंगै सात महादेशको उच्च शिखरमा यो अभियानलाई पुर्याउने अठोटका साथ आफूहरु अगाडि बढेको उनले जानकारी दिए ।

कार्यक्रमबाट संकलन भएको ‘सहयोगको रकम’ नेपालमा रहेका सेफहरुको हक, हित र नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्धन गर्नमा खर्च गरिने जनाइएको छ ।