मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्य ५० राज्य   
अमेरिका समाचार   

नेजाको १७औं साधारण सभामा सहभागी हुन रजिस्ट्रेशन खुला

नेजाको १७औं साधारण सभामा सहभागी हुन रजिस्ट्रेशन खुला


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १७औं साधारण सभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको छ। उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) गर्ने निधो गरिएको छ। नेजाले उक्त साधारण सभालाई व्यवस्थित गरी सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी गर्दै सहभागिताका लागि रजिष्ट्रेशन खुला गरिसकेको छ। नेजाले आफ्ना सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागी हुन आव्हान गर्दै रजिष्ट्रेशन खुला गरेको हो। संस्थाको विधानले व्यवस्था गरे बमोजिम साधारण सभा वा अधिवेशनमा भाग लिन चाहने सदस्यहरुले तोकिएको साधारण सभाको मिति भन्दा ७ दिन अगाडि नै रजिष्ट्रेशन गरिसक्नु पर्दछ। सोही बमोजिम संस्थाले रजिष्ट्रेशन खुला गरिसकेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिए। रजिष्ट्रेशनका बारेमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको मिति निकै नजिकिसकेको छ। त्यसैले विधानले व्यवस्था गरे बमोजिम रजिष्ट्रेशन खुला गरिसकिएको छ। यथासिघ्र रजिष्ट्रेशन गरेर साधाण सभामा सहभागिताको सुनिश्चितता गर्न सबै सदस्य ज्यूहरुलाई विनम्र अनुरोध गर्दछु।’

संस्थाले जनाए अनुसार १७औं साधारण सभामा भाग लिनका लागि रजिष्ट्रेशन गर्ने अन्तिम म्याद यही आउदो मे १७ तारिख सुक्रबार रातको १२ बजे(अमेरिकाको पूर्वीय समय अनुसार) सम्म मात्र रहेको छ। रजिष्ट्रेशनका लागि सदस्यहरुले संस्थाले उपलब्ध गराएको विद्युतीय फारम भरी तोकिएको शुल्क तिरेर आफ्नो नाम दर्ता गर्नु पर्नेछ। संस्थाले रजिष्ट्रेशनका लागि एकल सदस्यलाई प्रति सदस्य १ सय पचास अमेरिकी डलर र परिवारसहितका लागि दुइ सय अमेरिकी डर रजिष्ट्रेशन शुल्क तोकेको छ।

रजिष्ट्रेशनका लागि लिंक

https://www.neajausa.org/registration-for-17th-general-meeting/

रजिष्ट्रेशन खुला भएसंगै सदस्यहरुले पनि साधारण सभामा सक्रिय सहभागिता जनाउन रजिष्ट्रेशन गर्दै आवश्यक तयारीमा जुट्न थालेका छन्। संयोजक बस्नेतले जानकारी दिए अनुसार साधारणसभाको मिति नजिकिदै गर्दा साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न नेजा परिवार उत्साह, उर्जा र उमङ्गका साथ आवश्यक अन्य तयारीमा पनि जुटिरहेको छ।

शेयर गर्नुहोस:

513
Shares