मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

नवाहका स्वयमसेवकलाइ सम्मान

नवाहका स्वयमसेवकलाइ सम्मान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । गत अप्रिल दोस्रो साता नेपाली मन्दिरमा सम्पन्न नवाह महायज्ञमा स्वयमसेवकका रुपमा कार्य गर्नेहरुलाई शनिबार विशेष कार्यक्रमबीच सम्मान गरिएको छ ।

युलेसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजित विशेष कार्यक्रममा स्वयमसेवकहरुले नौ दिनसम्म पुर्याएको सेवाको लागि सम्मान सहित रात्रीभोज आयोजना गरिएको हो । कार्यक्रममा नवाहका क्रममा झण्डै ३५ लाख डलर सहयोगको प्रतिवद्धता प्राप्त भएको जानकारी दिइएको थियो ।

अहिले भैरहेको मन्दिरसँगै दुई अलग अलग संरचनामा पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपा बनाउने योजना नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको छ । त्यसका लागि सहयोग जुटाउने उदेश्यले नवाह अप्रिल ९ देखि १७ सम्म नवाह आयोजना गरिएको थियो ।

कार्यक्रममा केन्द्र बोर्ड अफ ट्रष्टीका सचिव रविन खनालले प्रतिवद्धता भएको ३५ लाख डलरमध्य ७ लाख ५९ हजार चारसय डलर नगद, चेक र क्रेडिट कार्ड मार्फत प्राप्त भैसकेको जानकारी दिए ।
कार्यक्रममा केन्द्र कार्यसमितिका कोषाध्यक्ष आमोद श्रेष्ठले नवाहका क्रममा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेका थिए । नवाहको क्रममा कलश बिक्री, सामुहिक ब्रतवन्ध, पितृ संकल्प, प्रसाद प्रायोजन, आरती लगायत विभिन्न शिर्षकहरुबाट चारलाख ३ हजार तीनसय ९८ डलर आम्दानी भएको र एकलाख ९५ हजार खर्च भएको थियो ।

नवाहबाट दुईलाख ८ हजार तीनसय ५३ डलर वचत भएको समेत त्यस उनले सार्वजनिक गरे ।

कार्यक्रममा मन्दिरका अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष छबीमणि चापागाई, बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारी, महासचिव भेषराज शिवाकोटी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले नवाहको क्रममा समुदायबाट प्राप्त अपार सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

नयाँ मन्दिरको निर्माणको प्रकृयामा तुरुन्तै जाने र त्यसका लागि झण्ढै डेढ वर्ष लाग्ने अनुमान गरिइएको छ ।

यसपटकको नवाहका क्रममा खटिएका युवा स्वयमसेवकहको खटाइ, तरिकालाई लिएर यतिखेर निकै उच्च प्रशंसा भैरहेको छ । विशेषगरि नेपाली समाज टेक्ससका महासचिव विजय भुसाल, स्वयमसेवक समितिका संयोजक जुबिन राजभण्डारी, जीवन घिमिरे। बासु श्रेष्ठ, बद्री श्रेष्ठ लगायतको युवा टीमको सकृयता र उच्चतम प्रविधिको प्रयोगले नवाह व्यबस्थित हुन सहयोग पुगेको थियो ।

नवाहको नौ दिनमा १६ हजार व्यक्तिहरु मन्दिरमा आउनका लागि सिस्टममा दर्ता भएका थिए । दर्ता नभइ पछिल्लो गेटबाट पस्नेहरुको संख्या पनि निकै थियो ।

नवाह सम्पन्न भएपछि अमेरिकाभरि एउटा राम्रो सन्देश टेक्ससका बारेमा गएको नेपाली समाज टेक्ससका उपाध्यक्ष बलराम पौडेलले प्रतिकृया दिएका छन् । ‘ड्यालसमा राजनीति गर्नैपर्ने ठाउँमा हामी उत्कृष्ठ राजनीति पनि गर्छौै, समाज जुटाउन’पने अवस्थामा हामी अग्रपंक्तीमा रहेर उदाहरण पनि देखाउँछौँ । अब हामीसँग तत्काल मन्दिरको निर्माण अघि बढाउने र मन्दिर नजिकै रहेको भवन सहितको राम्रो जग्गा बिक्रीमा रहेकोले त्यसलाई किनेर समुदायले आफ्नो प्रोपर्टी बढाउन’पर्ने अवस्था छ’ उनले भने ।

‘अब मन्दिर निर्माण तुरून्तै सुरू गरौँ । त्यसपछि नवाहमा समेटिन नसकिएका हरेक नेपाली घर परिवार आफैँ चासो दिएर आउनेछन’ पौडेलले भने ।