मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
पत्रपत्रिकाबाट   
बोस्टन   

नेजाको स्थापना दिवसमा विविध कार्यक्रम

नेजाको स्थापना दिवसमा विविध कार्यक्रम

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विभिन्न कार्यक्रमका साथ स्थापना दिवस मनाएको छ ।

१७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया  तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । भर्जिनिया राज्यको आर्लिङटनमा २००७, एप्रिल २१ र २२ मा भएको प्रथम अधिवेशनको मितिका आधारमा नेजाले यो वर्षदेखि एप्रिल २१ लाई नेजा स्थापना दिवस ‘नेजा डे’ को रुपमा मनाउन सुरु गरेको हो।

नेजाले स्थापना दिवसका अवसरमा एप्रिल २० का दिन ब्लड डोनर्स अफ अमेरिकाको सहकार्यमा टेक्सासको सुलेख रहेको नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो रक्तदानमा नेजाका पदाधिकारीहरु सहित ३३ जनाले रक्तदान गरेका थिए।

यसैगरी, एप्रिल २१ मा ड्यालसमा रहेका पत्रकारसँग शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको थियो भने सोही दिन नेजाका पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतको संयोजनमा म्यासाच्युसेट्स राज्यको बोस्टनमा शुभकामना आदानप्रदान एवं जगत-शान्तिका लागि दीप-प्रज्वलन कार्यक्रम भएको थियो । 

नेजाले आफ्नो स्थापना दिवसका अवसरमा एप्रिल २१ को साँझ जुम मार्फत एक बृहत् अन्तर्क्रियाको आयोजना गरेको थियो। सो अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्व अध्यक्षहरु आङछिरिङ शेर्पा, भोला आचार्य सहित संस्थापकहरुको विशेष सहभागिता रहेको थियो।

यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी , नेजाका वर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, संस्थाका सदस्यहरू, गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेजाका सल्लाहकार द्वय संजय घिमिरे र मच्छेदेवी गुरुङ, नेपाल सरकारमा अवैतनिक पर्यटन प्रतिनिधि गोकुल श्रेष्ठ लगायतको सहभागितामा रहेको आयोजकहरुले जानकारी गराएकाछन्।

अन्तरक्रियामा प्रवासको पत्रकारिता र चुनौतीका बारेमा समेत चर्चा भएको थियो।  नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न ढंगका कार्यक्रमके संचालन महासचिव बाबुराम दाहालले गरेका थिए।

 

तस्बिर सौजन्यः नेजा