मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

साहित्यप्रेमी कमलमणी पन्थीको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

साहित्यप्रेमी कमलमणी पन्थीको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा स्व. पन्थीको योगदानको चर्चा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्च १४, ह्युस्टन टेक्सस

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), ह्युस्टन च्याप्टरका पूर्व अध्यक्ष श्री कमलमणी पन्थीको निधन भएको १३ औं दिनको पूण्यतिथिमा  हिजो एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो। स्वर्गीय पन्थीको सम्मानमा अनेसास, ह्युस्टन च्याप्टरले भर्च्यूअल श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो।

प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा स्व.पन्थीको सक्रियता र योगदान निकै उल्लेखनीय रहेको श्रद्धाञ्जली कार्यक्रमका सहभागीहरुले स्मरण गेरका थिए। अनेसास ह्युस्टन च्याप्टर अध्यक्ष सतीश त्रिपाठीद्वारा संचालित श्रद्धाञ्जली कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, ह्युस्टन च्याप्टरका सल्लाहकार डा. राजेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष बासु पौडेल, महासचिव मोदनाथ सदा, सचिव निलहरी आचार्य, सृजनशील नेपाली समाजका पूर्व अध्यक्ष उमापति भुसाल, नेप्लिज हेरिटेज यूनियनका उपाध्यक्ष रमा भट्टराई, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का उपाध्यक्ष सुजन पण्डित लगायतले स्व. पन्थीप्रति सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए। यसैगरी ह्युस्टनका साहित्यकर्मीहरु मुना पौडेल, ममता शर्मा, साधना शर्मा, प्रभा पाण्डे र अमृत कँडेलले पनि स्व. पन्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्व. पन्थीप्रति सम्मान सहित अनेसास ह्युस्टन च्याप्टरले श्रद्धाञ्जली व्यक्त गरेको छ। नेपाली भाषा, साहित्य र संस्कृतिसंग सम्बन्धित सबै गतिविधिहरुमा कहिल्यै नछुट्ने र नेपाली साहित्यको श्रीबृद्धिमा निरन्तर लागिरहेका साहित्यप्रेमी संस्कृ्तिविद् श्री कमलमणी पन्थीको निधनले ह्युस्टन र प्रवासको नेपाली समुदायलाई ठूलो क्षति भएको अनेसासले आफ्नो शोक वक्तव्यमा जनाएको छ।

श्रद्धाञ्जली कार्यक्रममा नेपालबाट स्व. पन्थीका श्रीमती उषा पन्थी र तिनैजना छोराहरु सहित परिवारका सदस्यहरु समेत भर्च्यूअल माध्यमबाट सहभागी भएका थिए। जीवनको उत्तरार्धमा नेपाल जान रुचाएका स्व. पन्थीको इच्छा अनुसार नै परिवारका सदस्यहरुले स्वास्थ्य उपचार,  मृत्युसंस्कार लगयातका आवश्यक व्यवस्थापन गरेका थिए।