मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   

लसएन्जलसमा जनसम्पर्क समितिको वन भोज हुँदै

लसएन्जलसमा जनसम्पर्क समितिको वन भोज हुँदै

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया, अमेरिका

क्यालिफोर्नियाको लस एन्जलसमा नेपाली जनसम्पर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा बृहत वन भोज कार्यक्रम आयोजना हुने भएको छ । वन भोज आगामी मार्च महिनाको १० तारिक आइतवारका दिन हुन लागेको हो । कार्यक्रम बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म 18750 Clarkdale Ave, Artesia, CA 90701  मा हुने स्थानीय आयोजकहरुले जनाएकाछन्।

नेपाली समुदायकाबीचमा सामाजिक एकता, आपसी सद्भाव र भाईचाराको सम्बन्ध विकासमा सहयोग पुग्ने ठानेर केही वर्ष देखि जनसम्पर्क समितिले बृहतस्तरमा सार्वजनिक  वन भोज आयोजना गर्दै आइरहेको आयोजक समितिका संयोजक अर्जुन पौडेलले बताए ।

कार्यक्रममा बिभिन्न खेल, मनोरन्जनात्मक कार्यक्रमका अतिरिक्त बालबालिकाहरुका लागि रमाईलो कार्यक्रम समेत समावेश गरिएको आयोजकहरुले जानकारी गराएकाछन्।

विगतका वर्षहरुमा जस्तै यस पटक पनि क्यालिफोर्निया बाहिरबाट समेत धेरै अतिथि सहभागीहरु आउनुहुने च्याप्टरका अध्यक्ष मदन पाठकले अपेक्षा गरेकाछन्। पाठकका अनुसार प्रबेश निःशुल्क सहभागिता हुने भएकाले करिब छ सय जनाको सहभागित हुने अनुमान गरिएको छ।