मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

नेत्र विशेषज्ञ डा.रुइत यो साता टेक्ससमा

नेत्र विशेषज्ञ डा.रुइत यो साता टेक्ससमा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । नेपालमा प्रख्यात नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइत अर्को साता टेक्सस आउँदैछन् ।

हजारौं दृष्टिविहिनहरुलाई आँखा मार्फत जीवनलाई नयाँ रुप दिन सफल डा. रुइतको सम्मानमा नेपाली समाज टेक्सस र उत्तरी टेक्ससको डेन्टन स्थित युनिभर्सिटी अफ नर्थ टेक्सस (युएनटी) नेपाली विद्यार्थी एसोसिएसनले विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । ‘ए डे विथ डा. सन्दुक रुइत’ विषयमा आउँदो फेब्रुअरी १७ तारिक डेन्टनमा अन्तरकृया तथा अनुभव शेयर गर्ने कार्यक्रम तय भएको नेपाली समाज टेक्ससले जनाएको छ ।

डा. रुइत काठमाडौंको तिलगंगा आँखा अस्पतालका संस्थापक हुन् । डा रुइत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि निकै ख्यातिप्राप्त नेत्र विशेषज्ञ हुन् ।

699 E Harwood Rd, Euless, TX 76039, United States – (817)-554-2001