मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

मगर संघद्वारा माघे संक्रान्तिमा सांस्कृतिक कार्यक्रम (भिडियो/फोटो सहित )

मगर संघद्वारा माघे संक्रान्तिमा सांस्कृतिक कार्यक्रम (भिडियो/फोटो सहित )


ड्यालस (अमेरिका)। मगर संघ अमेरिका अन्तरगतको टेक्सस च्याप्टरले आइतबार माघे संक्रान्ति पर्वलाई भव्य रुपमा मनाएको छ ।

अर्भिंगमा आयोजित विशेष कार्यक्रममा मगर भेषभुषा सहित सहभागीहरुले सांगितीक प्रस्तुति समेत दिएका थिए । माघे संक्रान्ति पर्वलाई अमेरिकामा रहेका मगर समुदायले हरेक वर्ष विशेष रुपमा मनाउने गरेका छन् ।

नेपालका पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्मबाट आएका मगर समुदायका सदस्यहरुले नेपालका राष्ट्रिय कलाकार शान्ति भण्डारी, छबीराज सुनार, मुना थापा मगर लगाएत स्थानीय कलाकारहरुले दर्शक र सहभागीहरुलाई जुरुक्क पारेर नचाएका थिए । ड्यालस फोर्टवर्थमा बाक्लो संख्यामा मगरहरुको बसोबास रहेको छ।

कार्यक्रममा मगर संघका अध्यक्ष भीम थापा मगर, युलेस सिटी काउन्सिल सदस्य टीका पाैडेल लगायतले शूभकामना व्यक्त गरेका थिए ।