मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
डिसी मेट्रो   

एनआरएन नागरिकता लिएकाले पनि शुल्क तिरेर भिसा लिनुपर्ने

एनआरएन नागरिकता लिएकाले पनि शुल्क तिरेर भिसा लिनुपर्ने


विदेशमा काम गरेर बर्षेनी नेपालीले १० खर्व रुपैंया भन्दा वढी पैसा रेमिट्यान्सका रुपमा पठाउंदै आएका छन् । विदेशमा वस्ने नेपालीको नोट चल्ने भोट नचल्ने भन्ने गुनासो व्यापक वन्दै छ ।

अमेरिका- विदेशी नागरिकता लिएका नेपालीलाई प्रदान गरिएको गैर आवासीय नेपाली नागरिकता (एनआरएन नागरिकता) को औचित्य माथि नै गम्भिर प्रश्न उठेको छ ।

एनआरएन नागरिकता भएपनि नेपाल जांदा र वस्दा भिषा लिनु पर्ने वाध्यता वनाईएकाले यो नागरिकता औचित्यमा गम्भिर प्रश्न उठेको हो ।

अध्यागमन विभागका सुचना अधिकारी प्रेमप्रसाद दाहालले नेपाली पासपोर्ट उपयोग नगर्दासम्म भिसा स्टिकर टास्नु पर्ने र यो टास्नु पर्ने भएकाले भिसा शुल्क लाग्ने वताउंछन ।

एनआरएन नागरिकता लिनेले अहिलेलाई भिसा लिनै पर्छ र तोकिएको शुल्क तिर्नुै पर्ने उनले जानकारी दिएका छन् । पछि निर्णय भएर आयो भने अर्को होला तर, अहिले सम्म विदेशी पासपोर्ट प्रयोग गरेपछि तोकिएको शुल्क तिरेर भिसा लिनै पर्ने हुन्छ उनले भने ।

एनआरएन नागरिकतामा चराजनीतिक अधिकारवाहेक सवै अधिकार दिईएको छ । तर, भिसाका कारण पर्यटक सरह नेपालमा वस्नुपर्ने भएपछि एनआरएन नागरिकताको औचित्यमा प्रश्न उठेको हो ।

अमेरिका वस्दै आएका वासुदेश घिमिरे भन्छन् नेपाल जांदा पनि भिसा लिनु पर्ने , विदेशी सरह शुल्क तिर्नुपर्ने, तोकिएको समय भित्र फर्किनु पर्ने नत्र जरिवाना तिर्नु पर्ने हुदां एनआरएनए नागरिकताको के औचित्य भयो र ।

भिसा जारी भएपछि नियम अनुसार तोकिएको समय भन्दा वढी अवधी वस्न पाइंदैन । यदी बस्ने हो भने फेरी शुल्क तिरेर समय थप गर्नु पर्ने हुन्छ । यो नगर्दा गैर कानुनी हुन्छ । र जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

एनआरएन नागरिकता प्राप्ति ठुलो उपलव्धि भएको दावी गरिरहेको वेला यसको औचित्यमा प्रश्न उठेको हो । पुर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताको लागि दवाव मुलक कार्यक्रम संचालन गर्नैै पर्ने अवस्था आएको घिमिरेले वताए ।

अहिलेसम्म करिव २ हजारले एनआरएन नागरिकता लिएको हुन सक्ने वताईएको छ । विभिन्न प्रकारका सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयले एनआरएनए नागरिकता दिदंै आएको छ । यो प्रकृया झन्झिटलो भएको गुनासाहरु आएका छन् ।

@khasokhas

एनआरएन नागरिकता लिएकाहरुले पनि नेपाल जाँदा विदेशी सरह नै शुल्क तिरेर भिसा लिनुपर्ने – प्रेम प्रसाद दाहाल, सुचना अधिकारी, अध्यागमन विभाग

♬ original sound – KHASOKHAS